२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगकब्जियत र मधुमेह लगायतका रोगबाट छुटकारा पाउन गरिने अर्धहलासन योग

कब्जियत र मधुमेह लगायतका रोगबाट छुटकारा पाउन गरिने अर्धहलासन योग


व्यस्त जीवनशैली र असन्तुलित खानपान मधुमेह र उच्च रक्तचाप जस्ता गम्भिर समस्याको कारण हो । यस्तो अवस्थामा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि नियमित व्यायाम, योग अभ्यास र सन्तुलित आहार खानुपर्छ । योगासनको नियमित अभ्यासले शरीरलाई तन्दुरुस्त राख्न र धेरै रोगहरुबाट बच्न उपयोगी हुन्छ ।

शरीरलाई फुर्तिलो, स्वस्थ र तन्दुरुस्त बनाउन धेरै प्रकारका योग आसनहरू गर्न सकिन्छ । आज हामी तपाईलाई अर्धहलासन योगको बारेमा बताउँदै छौं । जसको नियमित अभ्यास शरीरको लागि धेरै लाभदायक हुन्छ ।

अर्धहलासनको फाइदा

अर्धहलासनले कब्जियत जस्तो समस्याबाट छुटकारा दिन्छ । साथै मधुमेह, उच्च रक्तचाप जस्तो गम्भिर रोगहरुबाट पनि राहात दिन्छ ।
नियमित अर्धहलासनको अभ्यासले हेमोरोइड र श्वासप्रश्वास सम्बन्धि रोगहरुबाट छुटकारा दिन्छ ।
यो आसनले तनावग्रस्त व्यक्तिहरुका लागि धेरै फाइदाजनक छ । तर सावधानीपूर्वक यो आसन गर्नुपर्छ । यो योग शरीरमा रक्तप्रवाहको स्थिति सुधार्न र वजन कम गर्न उपयोगी हुन्छ ।

अर्धहलासनको विधि

– भुइँमा सुत्नुहोस् । हातहरुलाई कम्मरको छेउमा राख्नुहोस् ।
– खुट्टालाई बिस्तारै उठाउँदै ३० डिग्रीमा लगेर रोक्नुहोस् ।
–  केही समय यही अवस्थामा रहनुहोस् । अब बिस्तारै बिस्तारै ६० डिग्रीमा लैजानुहोस् ।
–  केही समय यही अवस्थामा रोकिनुहोस् । फेरी खुट्टालाई बिस्तारै माथि उठाउँदै ९० डिग्रीमा लैजानुहोस् । र यही अवस्थामा रहनुहोस् ।
–  ९० डिग्री अर्धहलासनको सहि मुद्रा हो ।
–  जति सक्नुहुन्छ यही अवस्थामा रहनुहोस् ।
–  अब विस्तारै खुट्टालाई जमिनमा ल्याउनुहोस् । खुट्टालाई तल ल्याउँदा टाउको नउठाउनुहोस् ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ