२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगबच्चाको उचाइका लागि फाइदाजनक योगासन

बच्चाको उचाइका लागि फाइदाजनक योगासन


योग र आसनको नियमित अभ्यासले मानसिक र शारीरिक स्वास्थ्यका लागि धेरै फाइदा गर्छ । यी पाँच आसन बालबालिकाको उचाइ र एकाग्रता शक्ति बढाउन निकै उपयोगी हुन सक्छन् ।

बच्चाको उचाइ राम्रो खानपान र शारीरिक क्रियाकलापको बावजुद पनि कम छ भने योगले मद्दतले बढाउन सकिन्छ । योगको नियमित अभ्यासले मानसिक र शारीरिक स्वास्थ्यमा धेरै फाइदा पु¥याउँछ ।

योगले उचाइ बढाउनुको साथसाथै बालबालिकाको एकाग्रता शक्ति बढाउन पनि मद्दत गर्छ । बच्चाहरूको उचाइ र एकाग्रता शक्ति बढाउन केही आसनहरु धेरै उपयोगी छन् ।

ताडासन

ताडासनका धेरै फाइदाहरू छन् । यसले रक्तसञ्चारलाई तीव्र बनाउँछ । घुँडा र खुट्टाको जोर्नीहरूलाई बलियो बनाउँछ । थकान कम गर्छ र मुटुलाई स्वस्थ राख्छ । यसले बालबालिकाको मानसिक र शारीरिक विकासमा सुधार गर्छ ।

वृक्षासन

वृक्षासन गर्नाले काँध र तिघ्राको बल बढ्छ । बालबालिकाको उचाइ बढाउन यो निकै राम्रो आसन हो । बालबालिकालाई नियमित यस आसनको अभ्यास गराउँदा उमेर बढ्दै जाँदा उचाइ पनि बढाउन मद्दत गर्छ ।

उस्ट्रासन

उस्ट्रासनले मिर्गौला स्वस्थ बनाउँछ । तौल नियन्त्रणमा राख्छ र मुद्रामा सुधार गर्छ । पाचन प्रणाली पनि राम्रो रहन्छ । उस्ट्रासनले बच्चादेखि नै पाचण प्रणली तथा तौलमा नियन्त्रण गर्छ । जसले बच्चाहरूको विकासमा सकारात्मक प्रभाव पार्छ ।

-एजेन्सीहरुको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ