२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगकलेजो स्वस्थ राख्न फाइदाजनक योगासन

कलेजो स्वस्थ राख्न फाइदाजनक योगासन


कलेजो हाम्रो शरीरको महत्वपुर्ण अंगहरुमध्ये एक हो । कलेजोले राम्रो काम गर्दा पाचन प्रणाली, इम्यून प्रणाली र मेटाबालिज्मले पनि राम्रो काम गर्छ । कलेजोले शरीरबाट अनावश्यक पदार्थहरू बाहिर निकाल्नका साथ–साथै हार्मोनहरूलाई पनि नियन्त्रण गर्छ ।

शरीरका लागि कलेजोले धेरै जिम्मेवारीहरू उठाउँछ । तर पनि मानिसहरू यसको स्वास्थ्यमा पूर्ण रूपमा ध्यान दिँदैनन् । खराब जीवनशैली, व्यायमको कमी र अस्वस्थ खानाले हाम्रा अंगहरूलाई धेरै क्षति पुर्याइरहेको हुन्छ । जसले फ्याटी लिवर सिरोसिस र लिवर क्यान्सरको पनि हुन सक्छ । यस्तोमा लिवर हेल्दी बनाउनको लागी योगा गर्न सकिन्छ । जसकारण कलेजोलाई स्वास्थ राख्न सक्छौं । औषधीको साथ–साथै केही योगसनको मद्दतले पनि कलेजो स्वास्थ सुधार गर्न सकिन्छ । कलेजो स्वस्थ राख्न गर्नुहोस् यी योगासन ।

बालसन

बालासन गर्न मेरुदण्ड सीधा राखेर घुँडा टेकेर बस्नुहोस् । अब दुवै हात माथितिर उठाउनुहोस् । बिस्तरै टाउको अगाडी भुकाउँदै जमिनमा ल्याउनुहोस् । छातीलाई घुँडामाथि पार्नुहोस् । दुबै हातलाई आफ्नो खुट्टाको दुबै छेउमा पछाडि सीधा गर्नुहोस् र हत्केलाहरूलाई भुइँतिर तल राख्नुहोस् । २० देखि २५ सेकेन्डसम्म यस आसनमा रहनुहोस् । केही सेकेन्डको लागि विश्राम लिनुहोस् र यो आसन २ देखि ३ पटक दोहोर्याउनुहोस् । यो आसनले कलेजोको स्वास्थ्यमा सुधार ल्याउन सक्छ ।

नौकासन

नौकासन गर्न भुइँमा बस्नुहोस् । अब आफ्नो दुवै खुट्टा अगाडितिर फैलाउनुहोस् । र एकैसाथ उठाउनुहोस् । दुवै हात शरीर र घुँडाको बीचमा फैलाउनुहोस् र अगाडि सीधा पार्नुहोस् । आफ्नो शरीरलाई माथि उठाउने प्रयास गरिरहनुहोस् । यस समयमा, ढाड सीधा राख्नुहोस् । केही सेकेन्डका लागि डुङ्गा जस्तै स्थितिमा रहनुहोस् । श्वास छोड्दा आराम गर्नुहोस् । अब बिस्तारै सामान्य मुद्रामा फर्कनुहोस् ।

अधो मुख श्वासन

 

यस आसनका लागि भुइँमा जमिततिर फर्केर सुत्नुहोस् । श्वास लिने क्रममा, आफ्नो खुट्टा र हातको मद्दतले शरीरलाई माथि उठाउनुहोस् । टेबल जस्तै पोजिसन बनाउनुहोस् । श्वास छोड्नुहोस् र आफ्नो कम्मर माथि उठाउनुहोस् । यस समयमा तपाइँको कुहिनो र घुँडा सीधा हुनुपर्छ । केहि सेकेन्डको लागि यो स्थितिमा रहनुहोस् र त्यसपछि बिस्तारै पहिलाकै स्थितिमा फर्कनुहोस् ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ