२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरको तौल घटाउन सकिने योगासन

शरीरको तौल घटाउन सकिने योगासन


शरीरको तौल घटाउनको लागि योग भन्दा राम्रो विकल्प अरु हुन सक्दैन । योगले तौल घटाउने मात्रै होइन समग्र स्वास्थ्यमा पनि सुधार ल्याउँछ । शरीरको दुखाई र पीडा हट्छ र शरीर लचिलो हुन्छ ।

योगले शरीरमा जम्मा भएको अतिरिक्त बोसो घटाउँछ । यसको मद्दतले छिटो तौल घटाउन सकिन्छ । तौल घटाउनका साथसाथै योगले मानसिक स्वास्थ्य सुधारमा पनि सहयोगी भुमिका खेल्दछ । तर तौल घटाउनको लागि योगको साथै स्वस्थ र सन्तुलित आहार पनि लिन जरुरी छ । जानौँ केही यस्ता योगासनहरूको बारेमा जसको मद्दतले एक हप्तामा धेरै तौल घटाउन सकिन्छ ।

धनुरासन

धनुरासन पेटको बोसो घटाउन निकै प्रभावकारी आसन हो । यो आसन गर्नाले पाचन क्रियामा सुधार हुन्छ । तिघ्रासहित छाती र पछाडिको मांसपेशी बलियो हुन्छ । यो आसन गर्दा पुरै शरीर राम्रोसँग तन्किन्छ । र यो आसनले शरीरमा रक्तसञ्चार सुधार गर्न पनि मद्दत गर्छ ।

त्रिकोनासन

त्रिकोनासनले पाचन सुधार गर्नका साथै पेट र कम्मरमा जमेको बोसो घटाउन पनि मद्दत गर्छ । यसले सम्पूर्ण शरीरमा रक्तसञ्चार सुधार गर्छ । यो आसन नियमित गर्नाले कम्मरको बोसो घट्छ । साथै शरीर पनि लचिलो हुन्छ । यसले शरीरको सन्तुलन र एकाग्रतालाई पनि सुधार गर्छ ।

अधोमुख श्वानासन

अधोमुख श्वानासनको अभ्यासले सम्पूर्ण शरीरलाई तन्काउछ । यो आसनले हात, तिघ्रा र पछाडि भाग तन्काइन्छ । तिनीहरूलाई तन्काउने र लचिलो बनाउने गर्छ । यो आसन खुट्टाको लागि धेरै राम्रो छ । यो आसनले शरीरमा रक्तसञ्चार हुनुका साथै एकाग्रता पनि बढ्छ ।

सेतुबंध आसन

सेतुबन्ध आसनलाई तटबन्ध आसन र ब्रिज पोज पनि भनिन्छ । यो आसन धेरै लाभदायक आसन हो । यो थाइरोइड हार्मोनका साथै तौल घटाउनमा धेरै फाइदाजनक छ । ब्रिज पोजले मांसपेशीलाई लचिलो बनाउँछ । पाचन सुधार गर्छ र थाइरोइडलाई पनि नियन्त्रणमा राख्छ । यसले ढाडको मांसपेशीलाई पनि बलियो बनाउँछ र ढाड दुखाइबाट राहत पनि प्रदान गर्दछ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ