२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगकमजोर मुटु स्वस्थ र बलियो बनाउन सकिने योगासन

कमजोर मुटु स्वस्थ र बलियो बनाउन सकिने योगासन


पछिल्ला केही वर्षयता हृदयघातका घटनाहरू तीव्र गतिमा बढिरहेका छन् । मानिसमा हृदयघातको जोखिम बढ्नुका धेरै कारण हुन सक्छन् । मुटुरोग जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । बिग्रिएको जीवनशैली र खानपानमा गडबडीका कारण मुटु रोगको जोखिम बढ्छ ।

कोरोना अवधिदेखि हृदयघात र कार्डियाक अरेस्टका धेरै घटनाहरू रिपोर्ट गरिएका छन् । यस्ता धेरै घटनाहरू छन्, जसमा फिटनेशको ख्याल गर्नेहरू जिम जान्छन् र नियमित व्यायाम गर्छन् । शरीरलाई स्वस्थ राखेर मात्र मुटु बलियो हुँदैन । मुटुलाई बलियो बनाउन र मुटु रोगको जोखिमबाट बच्न नियमित योग गर्न सकिन्छ । यो योगको माध्यमबाट उच्च रक्तचाप, कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा नियन्त्रण गरी मुटुको धड्कन कम गर्न सकिन्छ ।

वीरभद्रासन

यो आसन धेरै रोगहरुको रोकथामका लागी लाभदायक छ । शरीरको सन्तुलन सुधार गर्न र स्ट्यामिना बढाउन यो आसनको अभ्यास नियमित गर्न सक्नुहुन्छ । वीर भद्रासनले रक्तसञ्चार सुधारका साथै तनाव कम गर्न सक्छ । यो आसनले मुटुको गति नियन्त्रण गर्छ । मुटुको क्षमता सुधार गर्न र मांसपेशी स्वस्थ राख्न आफ्नो जीवनमा वीरभद्रासन समावेश गर्नुहोस् ।

धनुरासन

 

धनुरासन योग मुटुलाई बलियो बनाउन लाभदायक हुन्छ । यो आसनले मुटुको मांसपेशीलाई बलियो बनाउँछ । शरीरलाई तन्काउँछ र मुटुमा रहेको अतिरिक्त दबाब कम गर्छ । यो रक्त परिसंचरण सुधार गर्न र रक्त परिसंचरणको राम्रो काम गर्न पनि उपयोगी छ ।

वृक्षासन

 

तनाव कम गर्न, दिमाग शान्त राख्न र हृदय रोगको समस्याबाट बच्न नियमित रूपमा वृक्षासन अभ्यास गर्न सकिन्छ । यस आसनले मुटु रोगको जोखिम कम गर्छ ।

नोटः यो लेख योग विशेषज्ञहरूको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि, योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ