२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगनिन्द्राको समस्या समाधान गर्न सकिने योगासन

निन्द्राको समस्या समाधान गर्न सकिने योगासन


राम्रो निद्रा स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छ । स्वस्थ रहन कम्तीमा पनि दैनिक सात देखि आठ घण्टा सुत्नु पर्छ । आजको व्यस्त दैनिकीमा थकाइ त लाग्न सक्छ, तर निन्द्रा लाग्दैन । जीवनशैलीमा आएको परिवर्तनका कारण मानिसहरू राती अबेरसम्म अनिन्द्रा बस्छन् । आजकल फोनको लत, सामाजिक सञ्जाल र टिभी हेर्ने बानीका कारण धेरैजसो मानिस राती अबेरसम्म अनिधो बस्छन् । जसका कारण उनीहरूलाई राम्रोसँग निन्द्रा लाग्दैन र स्वास्थ्यमा प्रतिकूल असर परेको हुन्छ । यस्तो अवस्थामा सुत्नुअघि केही योगासन र स्ट्रेचिङ गरेर राति राम्रो निद्रा लिन सकिन्छ ।

योग र स्ट्रेचिङले तनाव कम गर्छ । यसले मांसपेशीलाई आराम दिनुका साथै शरीरलाई लचिलो बनाउन पनि मद्दत गर्छ । यस्तो अवस्थामा, राम्रो निद्रा,  स्वस्थ दिमाग र शरीरको लागि राती सुत्नु अघि यी योग आसनहरू गर्नुहोस् ।

शलभासन

निद्राको समस्याबाट छुटकारा पाउन राती सुत्नुभन्दा आधा घण्टा अगाडि शलभासन योग गर्न सक्नुहुन्छ । यो आसन गर्न भुईँतिर फर्केर सुत्नुहोस् र दुवै हत्केला तिघ्राको मुनि राख्नुहोस् । अब खुट्टाको एकसाथ जोड्नुहोस् र औँलाहरूलाई सीधा राख्नुहोस् । त्यसपछि खुट्टा उठाउँदै गहिरो श्वास लिनुहोस् । केही समय यस स्थितिमा रहेपछि पहिलेको अवस्थामा फर्कनुहोस् ।

शवासन

राति सुत्ने समस्याबाट छुटकारा पाउनको लागि नियमित रूपमा शवासन गर्न सक्नुहुन्छ । यो योग राति सुत्नुअघि पनि गर्न सकिन्छ । शवासन गर्नको लागि आफू भुईँमा सुत्नुहोस्  र दुई खुट्टाको बीचमा एक फिटको दूरी राख्नुहोस् । त्यसपछि शरीरलाई र खुट्टालाई आराम दिँदै श्वास फेर्नुहोस् । पूरै शरीरलाई खुकुलो छोड्नुहोस् । यो आसनले सबै थकित मांसपेशी र काँधमा आराम प्रदान गर्दछ ।

उत्तानासन

उत्तानासनको नियमित अभ्यासले छिट्टै निद्रामा फरक देख्नुहुनेछ । यो आसन गर्न सीधा उभिनुहोस् । अब लामो श्वास लिनुहोस् र दुवै हातहरू माथितिर लैजानुहोस् । अब श्वास छोड्नुहोस् । त्यसपछि हातहरू तल जमिनतिर सार्नुहोस् र खुट्टाको औँलाहरू छुने प्रयास गर्नुहोस् ।

नोटः यो लेख योग विशेषज्ञहरूको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि, योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ