२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरको दुखाइमा उपयोगी योगासन

शरीरको दुखाइमा उपयोगी योगासन


बढ्दो उमेरसँगै शारीरिक समस्या पनि बढ्न थाल्छ । बढ्दो उमेरसँगै जोर्नी दुख्ने र ढाड दुख्ने समस्या सामान्य हुन्छ । उठ्ने र बस्दा पनि समस्या आउन थाल्छ ।

समयमै उपचार गरिएन भने यी समस्याहरू क्रमसः यति हदसम्म बढ्दै जान्छ कि हिँडडुल गर्न र दैनिक क्रियाकलापमा असहज हुने गर्दछ । दुखाइबाट मुक्ति पाउन मानिसहरु दुखाइ कम गर्ने औषधी लिन्छन् ।

यी औषधीहरूले केही समयको लागि शरीरलाई आराम दिन्छ । तर, पछि समस्याहरू फेरि देखिन थाल्छन् । लगातार पेनकिलरको प्रयोग पनि शरीरको लागि हानिकारक छ । शरीरमा हुने यस्ता समस्याबाट छुटकारा पाउन प्राकृतिक उपचारको रूपमा नियमित रूपमा योगाभ्यास गर्न सकिन्छ ।

सेतुबन्धासन


सेतुबन्धासन अभ्यास गर्न भुइँमा आरामसँग सुत्नुहोस् र आफ्ना हत्केलाहरू शरीरको नजिक जमिनमा राख्नुहोस् ।

अब आफ्नो घुँडा उठाउनुहोस् र विस्तारै श्वास लिनुहोस् । शरीरलाई माथि उठाउनुहोस् । यो स्थितिमा हुँदा, श्वास लिनुहोस् र श्वास छोड्नुहोस् ।
केही समयपछि पुरानो स्थितिमा फर्कनुहोस् ।

धनुरासन


धनुरासनको अभ्यास गर्न भुइँतिर फर्केर सुत्नुहोस् । दुवै खुट्टा उठाएर माथितिर लैजानुहोस् । दुवै हातले खुट्टाको औंला समातेर श्वास लिनुहोस् । र, खुट्टालाई माथि तान्नुहोस् । केही समय यो पोजिसनमा रहेपछि सामान्य स्थितिमा फर्कनुहोस् ।

शवासन

यो आसन गर्नको लागि पहिले म्याटमा सुत्नुहोस् । दुवै खुट्टालाई आरामसँग फैलाउनुहोस् । हातलाई शरीरबाट ५ देखि ६ इन्चको दुरीमा राखेर आरामदायी मुद्रामा घाँटीलाई सीधा राख्नुहोस् ।

अब आफ्नो आँखा बन्द गर्नुहोस् र केही समयको लागि यो स्थितिमा रहनुहोस् ।

वीरभद्रासन


यो योगासनका लागि सबैभन्दा पहिले सिधा मुद्रामा उभिनुहोस् । हातलाई विस्तारै माथि उठाउनुहोस् ।

आफ्नो टाउको बायाँतिर घुमाउनुहोस् । अब बायाँ खुट्टालाई ९० डिग्री बायाँतिर घुमाउनुहोस् । केही समय यो स्थितिमा रहनुहोस् । अब अर्को तर्फबाट पनि त्यस्तै अभ्यास गर्नुहोस् ।

(नोटः यो लेख योगगुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिबारे जान्नको लागि विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ