२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगबारम्बार पिसाब चुहिने समस्याबाट मुक्त हुने योगासन

बारम्बार पिसाब चुहिने समस्याबाट मुक्त हुने योगासन


केही व्यक्तिमा खोक्दा वा हाच्छ्युँ गर्दा पिसाब बग्ने समस्या हुन्छ । मूत्राशयको कमजोर मांसपेशीहरुको कारण यस्तो समस्या हुन सक्छ । हाम्रो शरीरमा तरल पदार्थ मिर्गौलाबाट फिल्टर हुन्छ र मूत्राशयमा जम्मा हुन्छ । जब मूत्राशयमा पर्याप्त मात्रामा तरल पदार्थ जम्मा हुन्छ । हाम्रो शरीरले यसलाई मूत्र मार्गबाट बाहिर निकाल्छ । तर, बढ्दो उमेर, गर्भावस्था, मधुमेह वा न्यूरोलोजिकल डिसअर्डरका कारण पिसाब थैलीमा समस्या आउन सक्छ ।

विशेष गरी गर्भावस्थामा, वृद्ध वृद्धा र महिलाको मूत्राशयको मांसपेशी कमजोर हुन्छ । मूत्राशय कमजोरीको कारण एक व्यक्तिले धेरै पटक शौचालय धाउनुपर्ने समस्या हुन्छ । यस्तो अवस्थामा मूत्राशयका मांसपेशीहरू लाई बलियो बनाउन केही योगासन अभ्यास गर्न सकिन्छ । आज यस लेखमा हामी  पिसाब थैलीलाई मजबुत बनाउने ३ योगासन बताउनेछौँ ।

हस्तपदसन

 

मूत्राशय मांसपेशीहरू लाई बलियो बनाउनका लागी हस्तपादासन अभ्यास गर्न सक्नुहुन्छ । यो योग आसनले सम्पूर्ण शरीरको मांसपेशीलाई राम्रो राम्रो सँग तन्काउँछ ।

हस्तपदसन गर्ने विधि

यो योगासन गर्नका लागि सबैभन्दा पहिले योगा म्याटमा सिधा उभिनुहोस् । आफ्नो दुवै खुट्टालाई एकसाथ राख्नुहोस् । अब गहिरो श्वास लिनुहोस् र आफ्नो दुवै हात आफ्नो टाउको माथि लैजानुहोस् । यस समयमा घुँडा र खुट्टा सीधा हुनुपर्छ । अब श्वास छोड्दा, बिस्तारै अगाडि झुकाउनुहोस् । त्यसपछि हात सीधा तल राख्नुहोस् र आफ्नो औँलाहरूले भुईँ छुने प्रयास गर्नुहोस् । १०–३० सेकेन्डको लागि यो स्थितिमा रहनुहोस् । त्यसपछि श्वास छोड्दा बिस्तारै आफ्नो सुरुको स्थितिमा फर्कनुहोस् । यो प्रक्रिया ४–५ पटक दोहोर्‍याउनुहोस् ।

बद्धकोणासन

यदि तपाई पिसाब चुहिने समस्याबाट हैरान हुनुहुन्छ भने बद्धकोणासनको नियमित अभ्यास गर्नुहोस् । यो योगासनले पेल्भिक फ्लोर अङ्गहरूमा रक्तसञ्चार बढाउन मद्दत गर्दछ । यसले मूत्राशय र श्रोणिको मांसपेशीलाई बलियो बनाउँछ ।

बद्धकोणासन गर्ने विधि

यो योग आसन गर्नका लागि योगा म्याटमा खुट्टा सीधा राखेर बस्नुहोस् । अब आफ्नो घुँडा झुकाउनुहोस् र दुवै खुट्टाको एकसाथ ल्याउनुहोस् । यसपछि दुवै हातले खुट्टाको औँलालाई समात्नुहोस् । अब आफ्नो खुट्टा माथि र तल सार्नुहोस् । ध्यान राख्नुहोस् तपाईँको घुँडाले जमिन छुनु हुँदैन । यो प्रक्रिया २०–२५ पटक दोहोर्‍याउनुहोस् ।

सेतुबन्धासन

सेतुबन्धासन गर्दा मूत्राशयको मांसपेशी बलियो हुन्छ । यो योग आसनले कोर मांसपेशीहरूलाई तन्काउँछ र टोन गर्दछ । यद्यपि, यदि तपाईँलाई घाँटीमा दुखाई छ भने यो योग आसन नगर्नुहोस् ।

सेतुबन्धासन गर्ने विधि

यो योग आसन गर्नका लागि भुईँमा सुत्नुहोस् । अब आफ्नो घुँडा झुकाउनुहोस् र तल भुईँमा राख्नुहोस् । दुवै हातले आफ्नो खुट्टाको हिललाई समात्नुहोस् । श्वास लिँदा बिस्तारै आफ्नो शरीर उठाउनुहोस् । यो आसनमा १–२ मिनेट बस्नुहोस् । त्यसपछि श्वास छोड्नुहोस् र सुरुको स्थितिमा आउनुहोस् ।

नोट: यो लेख योग गुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिबारे जान्नको लागि विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ