२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगतनाव र चिन्ताबाट छुटकारा पाउन गर्नुहोस् यी योगासन

तनाव र चिन्ताबाट छुटकारा पाउन गर्नुहोस् यी योगासन


आजको खानपान र दैनिक दिनचर्याको कुरा गर्ने हो भने यसले हाम्रो स्वास्थ्यमा पनि नराम्रो असर गरिरहेको छ । तनाव र चिन्ताले हाम्रो श्वासप्रश्वासको गति बढाउँछ र हाम्रो हात खुट्टा चिसो हुन्छ । धेरै पटक हामीले बिना कारण धेरै तनाव र चिन्ता अनुभव गरेका हुन्छौँ ।

तनावबाट टाढा रहनको लागि सबैभन्दा पहिले आफ्नो मन शान्त राख्नुपर्छ र आफूलाई गलत विचारबाट टाढा राख्नुपर्छ । बिना कारण नर्भसनेस (अतालिने, त्रसित हुने जस्ता समस्या) भएको जस्तो महसुस गर्नुहुन्छ भने यसबाट छुटकारा पाउन निकै जरुरी छ ।

यसका साथै चिन्ताबाट छुटकारा पाउन केही योग अभ्यास पनि अपनाउन सकिन्छ । आजको लेखमा यस्ता ५ योग अभ्यासको चर्चा गरिएको छ, जसले चिन्ता र तनाव निको पार्छ ।

शवासन

शवासन एक आराम आसन हो । जसले शरीर र दिमागलाई पूर्ण रूपमा आराम गर्न मद्दत गर्दछ । यो आसनले छिटो मुटुको धड्कन चल्ने, श्वास फेर्न गाह्रो हुने र पसिना आउने जस्ता नर्भसनेसका लक्षणहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

पद्मासन

पद्मासन एक ध्यान आसन हो । जसले दिमागलाई शान्त र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ । यसले चिन्ताका लक्षणहरू कम गर्न र व्यक्तिलाई थप शान्त र नियन्त्रित महसुस गराउन मद्दत गर्छ । यो आसनको नियमित अभ्यास गर्नाले हाम्रो ध्यान बढी केन्द्रित हुन्छ ।

बालासन

बालासन एक स्ट्रेचिंग आसन हो । जसले शरीरलाई आराम दिन र तनाव हटाउन मद्दत गर्दछ । यसले चिन्ताका लक्षणहरूलाई कम गर्न मद्दत गर्छ र व्यक्तिलाई शान्त र सहज महसुस गराउँछ ।

अधोमुख शवासन

 

अधोमुख शवासन एक आसन हो । जुन उल्टो सुत्दा गरिन्छ । यसले शरीरमा रक्तसञ्चार सुधार गर्छ । चिन्ताका लक्षणहरूलाई कम गर्न मद्दत गर्छ र व्यक्तिलाई थप शान्त र ताजा महसुस गराउँछ ।

–एजेन्सीको सहयोगमा  


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ