२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगहड्डी र जोर्नीलाई बलियो बनाउने योगासन

हड्डी र जोर्नीलाई बलियो बनाउने योगासन


जाडो मौसम सुरु हुँदैछ । जाडो मौसममा हड्डी कमजोर हुने खतरा बढ्छ । यो सिजनमा रगतको प्रवाह कम हुने भएकाले यस्तो हुन्छ । यो अवस्थामा कहिलेकाहीँ हड्डीलाई पर्याप्त मात्रामा पोषक तत्त्व प्राप्त हुँदैन र हड्डी कमजोर हुन थाल्छ । त्यसैले चिसो दिनमा हड्डीलाई स्वस्थ राख्न गाह्रो हुन्छ ।

स्वस्थ रहनका लागि हड्डी र जोर्नी बलियो हुनु जरुरी छ ।  आहार बाहेक योगको सहायताले हड्डी र जोर्नीसँग सम्बन्धित समस्यालाई पनि निको पार्न र बलियो राख्न सकिन्छ । आजको लेखमा हड्डी बलियो बनाउने केही योग आसनहरूको चर्चा गरिएको छ । जसको मद्दतले हड्डीको बल बढाउन सकिन्छ । यी योग आसनहरू जाडोमा पनि प्रभावकारी हुन्छन् ।

उत्कटासन

यसलाई चेयर पोज पनि भनिन्छ । जसले शरीरका धेरै हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्छ । उत्कटासन योगको नियमित अभ्यास गर्नाले हिप र वरपरका हड्डीहरू मजबुत हुन्छन् र जाडो मौसममा हुने हिप जोर्नीहरूमा हुने दुखाइ कम हुन्छ ।

त्रिकोणासन

त्रिभुज मुद्रा अर्थात् त्रिकोणासन पनि शरीरको जोर्नीका लागि निकै लाभदायक मानिन्छ । यो योग आसनको नियमित अभ्यास गर्नाले घुँडा र कम्मरको जोर्नी बलियो हुन्छ र यसले दुखाई र कठोरताको जोखिम कम हुन्छ । यसका साथै त्रिकोणासनले रक्तसञ्चारमा पनि सुधार गर्छ । जसका कारण हड्डी बलियो हुन्छ ।

भुजंगासन

भुजंगासनलाई मेरुदण्डका लागि निकै फाइदाजनक मानिन्छ । यदि पछाडि वा हिप वरपर जोर्नी वा हड्डीहरूमा दुखाइ छ भने भुजंगासन धेरै लाभदायक हुन सक्छ । यसका साथै यो योग आसनको नियमित अभ्यास गर्नाले नाडी, कुहिनो र काँधको जोर्नी पनि बलियो हुन्छ । यी भागहरूमा हुने दुखाई र सुन्निने समस्या कम हुन थाल्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ