२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठयोगमधुमेहलाई जरैबाट हटाउन सकिने योगासन

मधुमेहलाई जरैबाट हटाउन सकिने योगासन


पछिल्लो समय प्राय मानिसमा मधुमेहको समस्या देखा पर्न थालेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार विश्वभर करोडौँ मानिस मधुमेहबाट पीडित छन् । त्यसैले यो समस्यालाई मानिसहरुले सामान्य रुपमा लिएको पनि पाइन्छ । खराब जीवनशैली र खानपानका कारण अत्याधिक रुपमा मधुमेहको समस्या उत्पन्न हुन्छ । यस्ता समस्या भएका व्यक्तिलाई प्रि–डायबिटिज रोगी भनिन्छ ।

हाम्रो शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्ने काम प्यान्क्रियाजले गर्छ । जब प्यान्क्रियाजले आफ्नो काम ठिकसँग गर्न सक्दैन, तब हाम्रो रगतमा चिनीको मात्रा बढ्न थाल्छ, जसलाई मधुमेह भनिन्छ । आज हामी यस्ता ५ योगासनबारे बताउन गइरहेका छौँ । जो मधुमेह रोगीहरूका लागि लाभदायी छन् । यी योगासनहरू दैनिक अभ्यास गर्नाले ब्लड सुगरलाई नियन्त्रण गर्नका साथै हाम्रो प्यान्क्रियाज सक्रिय राख्न मद्दत गर्छ ।

धनुरासन

धनुरासन मधुमेह रोगीहरूको लागि उत्कृष्ट आसन हो । जसले तपाईंको प्यान्क्रियाजलाई सक्रिय बनाउँछ र इन्सुलिन हर्मोनको स्रावलाई बढावा दिन्छ ।

यो योग गर्नको लागि सबैभन्दा पहिला आफ्नो पेटको सहाराले सुत्नु पर्छ र आफ्नो घुँडाले आफ्नो कम्मर तिर झुकाउनु पर्छ । अब आफ्नो हातले आफ्नो खुट्टा समात्नुहोस् । खुट्टा र हात सकेसम्म माथि उठाउनुहोस् र आफ्नो अनुहार माथि राख्नुहोस् । सकेसम्म लामो समयसम्म यस मुद्रामा रहन प्रयास गर्नुहोस् ।

कपालभाती

कपालभाती प्राणायाम पनि तपाईंको प्यान्क्रियाज सक्रिय गर्न धेरै प्रभावकारी छ । यो योगको नियमित अभ्यासले मधुमेहको स्तरलाई नियन्त्रणमा राख्छ ।

कपालभाति गर्दा सुरुमा पद्मासन रहेर दुवै हातले चित्त मुद्रा बनाउनु पर्छ । यो योग गर्दा पेटलाई छातीभन्दा भित्र तान्नु पर्दछ । त्यसपछि आँखा बन्द राख्ने र शरीरलाई आरामपूर्वक शिथिल बनाउनुहोस् । अब नाकको दुवै प्वालबाट गहिरो लामो श्वास लिनुहोस् र त्यसरी नै लिएको श्वासलाई बाहिर फाल्नुहोस् । यदि यो सुरुवातको अवस्था हो भने सुरुका दिनमा ५ मिनेट जति गर्ने र त्यसपछि बिस्तारै समयावधि बढाउँदै लैजाने गर्नुपर्छ ।

पश्चिमोत्तनासन

रगतमा चिनी नियन्त्रण गर्न पश्चिमोत्तनासन एकदमै राम्रो आसन हो। यसो गर्नाले पेटका सबै अंगहरूमा दबाब आउँछ, जसका कारण तिनीहरू सक्रिय हुन्छन्।

पश्चिमोत्तनासन योग गर्नका लागि सबैभन्दा पहिले दुवै खुट्टा फैलाएर भुइँमा बस्नुहोस् । अब गहिरो श्वास लिनुहोस् र शरीरलाई अगाडि झुकाउनुहोस् । हातलाई खुट्टाको तल र नाकलाई घुँडाले छुनुहोस् । केही समय यस स्थितिमा रहनुहोस् र त्यसपछि पूर्ववत स्थितिमा फर्कनुहोस् ।

मण्डुकासन

यसलाई गोट मुद्रा पनि भनिन्छ । यो आसनले हाम्रो प्यान्क्रियाजलाई छिटो सक्रिय बनाउन काम गर्छ । मण्डुकासन मधुमेह रोगीहरूको लागि उत्तम योग आसन हो ।

यो आसन गर्नका लागि सबैभन्दा पहिला घुँडलाई मोडेर वज्रासनको मुद्रामा बस्नुहोस् । अब तपाइँको औंलालाई हातभित्र राख्दै मुठ्ठी कडासँग पारेर बन्द गर्नुहोस् । अब दुवै बन्द मुट्ठी नाभि माथि राख्नुहोस् । अब श्वास लिने र त्यसपछि छोड्दै आफ्नो शरीरलाई अगाडि झुकाउनुहोस् । केहि समयको लागी सोही स्थितिमा बसेपछि विस्तारै श्वास लिंदै वज्रासन मुद्रामा फिर्ता आउनुहोस् । यस प्रकियालाई ३ देखि ४ पटक गर्नुहोस् ।

बालासन

बालासन अर्थात् बच्चाको मुद्रा एक उत्कृष्ट योग आसन हो । जुन प्यान्क्रियाजलाई सक्रिय गर्न मद्दत गर्छ । यो आसनको नियमित अभ्यासले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

बालासन अभ्यास गर्न घुँडा टेकेर भुइँमा बस्नुहोस् । दुबै खुट्टा सँगै जोड्नुहोस् । गहिरो श्वास लिनुहोस् । आफ्नो हात माथि लैजानुहोस् । अब विस्तारै अगाडि झुक्नुहोस् र पेटलाई तिघ्राको बीचमा पार्नुहोस् । अब श्वास छोड्नुहोस् । केही समय यही पोजिसनमा बस्नुहोस् । अब विस्तारै सामान्य स्थितिमा फर्कनुहोस् ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ