२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगपेटसम्बन्धी समस्याबाट छुटकारा पाउन गर्नुहोस् यो योगासन 

पेटसम्बन्धी समस्याबाट छुटकारा पाउन गर्नुहोस् यो योगासन 


अधिकांश मानिस एकैठाउँ बसेर काम गरिरहेका हुन्छन् । जसका कारण काँध, घाँटी र नाडी दुख्नुका साथै पेटसम्बन्धी समस्या पनि सामान्य बन्दै गएको छ । कुर्मासनले यी सबै समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

कुर्मासन कुर्म भनेको कछुवा हो । यदि तपाईँले आजसम्म यो योग आसन गर्नुभएको छैन भने सुरुमा अलि अप्ठ्यारो लाग्न सक्छ । तर पछि यो गर्न सजिलो हुनेछ । जानौँ यो योगासन गर्ने तरिका र यसका फाइदाहरू

कुर्मासन कसरी गर्ने

यो योगासन गर्नका लागि सबैभन्दा पहिले योगा म्याट लिनुहोस् र आफ्नो खुट्टा अगाडि फैलाएर बस्नुहोस् । अब आफ्नो हत्केला कम्मर पछाडि सीधा राख्नुहोस् र गहिरो श्वास लिनुहोस् । त्यसपछि बिस्तारै आफ्नो खुट्टा फैलाउनुहोस् । यस्तो अवस्थामा दुवै खुट्टा एक अर्काबाट टाढा हुनुपर्छ ।

अब थोरै झुकाउनुहोस् र आफ्नो घुँडा उठाउनुहोस् । त्यसपछि आफ्नो घुँडा तल आफ्नो हात फैलाउनुहोस् । अब आफ्नो शरीर तलतिर झुकाउनुहोस् र  निधारले भुइँ छुने प्रयास गर्नुहोस् । यो पोजिसनमा रहँदा गहिरो श्वास लिनुहोस् र पुनः पहिलेकै अवस्थामा फर्कनुहोस् ।

कुर्मासन योग कुन समयमा गर्ने ?

वास्तवमा यो योग आसन गर्ने सबैभन्दा राम्रो समय बिहान हो । तर तपाईँको व्यस्त समयका कारण साँझमा पनि गर्न सक्नुहुन्छ । यो योग आसन र खानाको बिचमा ४ देखि ६ घण्टाको अन्तर हुनुपर्छ । अर्थात् यो योग आसन खाली पेटमा गर्नुपर्छ । भरी पेटमा गर्नाले हानि हुन सक्छ ।

कुर्मासन योगका फाइदा

कुर्मासन नियमित गर्नाले शरीरलाई धेरै फाइदा हुन्छ । पाचन सम्बन्धी समस्या भएका मानिसहरूका लागि यो योग आसन वरदान हो । हरेक बिहान यसो गर्नाले कब्जियत, पेट दुख्ने, ग्यास, अपचजस्ता समस्या हट्छन् । यसका साथसाथै योग गर्नाले काँध, नाडी र घाँटीको दुखाइबाट पनि राहत मिल्छ । यसले तपाईँको मेरुदण्डमा लचिलोपन बढाउनुका साथै मुद्रामा सुधार गर्दछ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ