२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगमाइग्रेनको समस्याबाट छुटकारा पाउन सकिने योगासन

माइग्रेनको समस्याबाट छुटकारा पाउन सकिने योगासन


जाडो मौसममा धेरैको टाउको दुख्ने समस्या हुने गर्छ । जसका कारण अन्य समस्याको पनि सामना गर्नुपर्ने हुन्छ । विशेष गरी माइग्रेनको समस्याबाट ग्रसित भएकाहरूलाई टाउको दुख्ने समस्याबाट छुटकारा पाउन धेरै समस्या हुने गर्दछ । कसैलाई बारम्बार टाउको दुख्ने कारण औषधि खाने बानी हुन्छ । जसले शरीरमा अन्य धेरै साइड इफेक्टहरू पनि निम्त्याउन सक्छ । तर केही यस्ता उपाय छन्, जसको मद्दतले औषधी नखाई टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यो उपाय हो योग ।

माइग्रेनको समस्या समाधानका लागि तीन योगासनबारे आज चर्चा गरिएको छ । जसको दैनिक अध्यासले टाउको दुख्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

बालासन

माइग्रेन रोगीहरूका लागि बालासन योग आसन अभ्यास गर्नु धेरै लाभदायक छ । माइग्रेनको समस्या हुँदा प्रायः अन्य धेरै प्रकारका समस्याहरू हुन सक्छन् । दैनिक रुपमा यो योगको अभ्यास गरेमा यी समस्याहरूको जोखिमलाई पनि धेरै हदसम्म कम गर्न सकिन्छ ।

यस आसनको अभ्यासका लागि पहिले घुँडा टेकेर म्याटमा (वज्रासन) मा बस्नुहोस् र कम्मरलाई सीधा राख्नुहोस् । अब गहिरो श्वास लिएर शरीरको माथिल्लो भागलाई अगाडि तिर झुकाउनुहोस् । दुवै हात पछाडि राख्नुहोस् र टाउकोको अगाडि जमिन छुने प्रयास गर्नुहोस् । अब सकेसम्म लामो समयसम्म यस अवस्थामा रहन प्रयास गर्नुहोस् । त्यसपछि श्वास छोड्दा शरीरको माथिल्लो भाग उठाउनुहोस् र वज्रासन आसनमा फर्कनुहोस् ।

उत्तानासन

टाउको दुख्ने सामान्यतया स्नायुसँग सम्बन्धित कमजोरीका कारण हुन्छ । उत्तानासन यस्तो योग आसन हो, जसले स्नायुलाई बलियो बनाउँछ र ऊर्जा प्रदान गर्छ । साथै उत्तानासन योग आसनले पनि मनलाई शान्ति प्रदान गर्छ ।

यो आसन गर्न भुइँमा सीधा उभिनुहोस् । अब लामो श्वास लिनुहोस् । दुवै हातहरू माथितिर लैजानुहोस् र श्वास छोड्नुहोस् । त्यसपछि हातहरू तल जमिनतिर लैजानुहोस् । र खुट्टाको औँलाहरू छुने प्रयास गर्नुहोस् ।

सुप्त मत्स्येन्द्रसन

सुप्त मत्स्येन्द्रासन योग आसन शरीरको कुनै पनि अङ्गको दुखाई नियन्त्रण गर्न निकै लाभदायक मानिन्छ। यो योग नियमित गर्नाले रक्तसञ्चारमा सुधार हुन्छ र टाउको दुख्ने समस्या पनि कम हुन्छ । माइग्रेनका बिरामीले सुप्त मत्स्येन्द्रासन नियमित अभ्यास गर्नुपर्छ ।

यो आसन गर्न आफ्नो ढाडमा सुत्नुहोस् । त्यसपछि आफ्नो हातहरू छेउमा फैलाउनुहोस् ताकि तपाईंको शरीर क्रसको आकार बनोस् । अब घुँडा झुकाउनुहोस् र आफ्नो छाती तिर तान्नुहोस् । त्यसपछि टाउको र हात भुइँमा राखेर, दुवै खुट्टा बायाँ तिर घुमाउनुहोस् । अब टाउको दायाँ घुमाउनुहोस् र दाहिने हातमा हेर्नुहोस् । केहीबेर यस स्थितिमा रहनुहोस् ।

विपरिता कर्णी

टाउको दुख्ने समस्यालाई नियन्त्रण गर्न विपरिता कर्णी ( विपरीतकरणी ) योग आसनलाई निकै फाइदाजनक मानिएको छ । यदि तपाईँलाई टाउको दुख्ने समस्या छ भने यो योग आसन गर्न सक्नुहुन्छ । विपरिता कर्णी योग मुद्राको अभ्यास गर्नाले टाउको दुख्ने समस्या तुरुन्तै कम हुन्छ भन्ने धेरैको विश्वास छ ।

यो योगासन गर्न ओछ्यानमा सुत्नुहोस् र आफ्नो खुट्टा भित्तामा राख्नुहोस् । त्यसपछि, खुट्टा सीधा राखेर, शरीर पनि सीधा गर्नुहोस् । केही समय यस पोजिसनमा बस्नुहोस् र त्यसपछि पहिलेकै अवस्थामा फर्किनुहोस् ।

यी कुराहरूलाई ध्यान दिनुहोस्

यदि तपाईँलाई बारम्बार टाउको दुखाइ भइरहेको छ भने, यो कुनै अन्य गम्भीर रोगको कारण पनि हुन सक्छ । साथै औषधि खाएपछि फेरि टाउको दुख्न थाल्यो भने चिकित्सकसँग कुरा गर्नुपर्छ । डाक्टरहरूले पहिले अवस्थाको आन्तरिक कारण पत्ता लगाउँछन् र त्यसपछि अवस्था अनुसार औषधि दिन्छन् ।

नोट: यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो। तपाईँले आसनको सही स्थिति जान्न एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा 


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ