२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगमिर्गौला स्वस्थ राख्नका लागि गर्नुहोस् यो योगासन 

मिर्गौला स्वस्थ राख्नका लागि गर्नुहोस् यो योगासन 


स्वस्थ मिर्गौला स्वस्थ शरीर र स्वस्थ जीवनको ग्यारेन्टी हो । कमजोर मिर्गौलाले सम्पूर्ण शरीरको स्वास्थ्यलाई असर गर्छ । त्यसैले मिर्गौला स्वस्थ राख्नका लागि हामीले जीवनशैली परिवर्तन गर्न आवश्यक छ । यसका लागि खानपान मात्रै नभएर दैनिक जीवनमा योग अभ्यासको उत्तिकै जरुरी हुन्छ ।

योग एक जीवनशैली हो । जसमा मानसिक र शारीरिक समस्याबाट बच्न र छुटकारा पाउन सम्भव हुन्छ । योगासन गर्नाले शरीरका कार्यहरू राम्रोसँग सञ्चालन हुन्छन् । अङ्गहरू स्वस्थ रहन्छन् र त्यससँग सम्बन्धित समस्याहरू पनि निको हुन्छन् ।  योगासन विभिन्न प्रकारका छन् । तर हामीले आजको लेखमा सुप्त वज्रासनको चर्चा गरिरहेका छौँ । जसले मिर्गौलालाई स्वस्थ बनाउन मद्दत गर्दछ ।

मिर्गौला स्वस्थ र बलियो बनाउनको लागि अभ्यास गर्न सिफारिस गरिएका योगासनहरूमध्ये सुप्त वज्रासन प्रमुख हो । केही समयअघि नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनले प्रकाशित गरेको एक अध्ययनले सुप्त वज्रासन योगासनले मिर्गौलाको काममा मद्दत गर्ने पुष्टि गरेको थियो । अस्वस्थ जीवनशैली वा खानपानका कारण मिर्गौला फेल हुन थालेको व्यक्तिले सुप्त वज्रासन अभ्यास गर्नुपर्छ ।

सुप्त वज्रासन योग गर्ने तरिका

यो योगासन गर्नका लागि सबैभन्दा पहिले भुइँमा योगा म्याट वा कार्पेट बिछ्याउनुहोस् । त्यसपछि वज्रासनमा बस्नुहोस् । अब आफ्नो दुवै कुहिनोलाई भुइँमा टेकाउनुहोस् र शरीरलाई पछाडि झुकाउने प्रयास गर्नुहोस् । त्यसपछि आफ्नो घाँटी झुकाउनुहोस् र टाउकोलाई भारी अवस्थामा राख्नुहोस् र तिघ्रामा आफ्नो हात राख्नुहोस् । अब श्वास लिनुहोस् र बिस्तारै श्वास छोड्नुहोस् । त्यसपछि घाँटी सीधा गर्नुहोस् र पछाडि तल ल्याउनुहोस् । अब बिस्तारै माथि आउनुहोस् र पहिलेकै स्थितिमा फर्कनुहोस् । यो योगासन २ देखि ३ मिनेटसम्म गर्नुहोस् ।

नोटः यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो। तपाईंले आसनको सही स्थिति जान्न एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ