२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरको शक्ति र सन्तुलनका लागि लाभदायक तुलासन

शरीरको शक्ति र सन्तुलनका लागि लाभदायक तुलासन


तुलासन एक विशेष योग आसन हो । जसले शरीरलाई शक्ति र सन्तुलन प्रदान गर्दछ । अङ्ग्रेजीमा यसलाई ‘स्केल पोज’ भनिन्छ । यो योग आसनले शरीरका अन्य मांसपेशीहरूलाई पनि बलियो बनाउँछ ।

तुलासनको नियमित अभ्यास गर्नाले पेटका मुख्य मांसपेशीहरू पर्याप्त रूपमा तन्किन्छन् । यस योग आसनबाट धेरै मानसिक समस्याहरू समाधान गर्न सकिन्छ । यो एक जटिल योग आसन पनि हो । जुन सुरुमा योग प्रशिक्षकको सहयोगमा मात्र गर्न सकिन्छ ।

तुलासन गर्ने तरिका

यो योगासन गर्न सबैभन्दा पहिले भुईँमा योगा म्याट बिछ्याउनुहोस् र त्यसमा पद्मासन योग मुद्रामा बस्नुहोस् । त्यसपछि हत्केलाहरूलाई भुईँमा राख्नुहोस् र औँलाहरूलाई थोरै फैलाउनुहोस् । अब आफ्नो पछाडि र घाँटी सीधा राख्नुहोस् र अगाडि हेरिरहनुहोस् । अब शरीरको वजन हातहरूमा छोड्नुहोस् र हातहरू सीधा गर्नुहोस् । त्यसपछि अलिकति अगाडि झुक्नुहोस् र बिस्तारै भुईँबाट नितम्ब ( ढाडको तल तथा तिघ्राको माथि कम्मर नजिकको पछाडिको भाग) उठाउनुहोस् । केहीबेर यस अवस्थामा रहनुहोस् । त्यसपछि क्रमशः सामान्य अवस्थामा आउन सक्नुहुन्छ ।

नोटः यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो। तपाईँले आसनको सही स्थिति जान्न एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ