२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगजाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन

जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन


जाडोको आनन्द लिन चाहनुहुन्छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा स्वस्थ रहनु हो । जसका लागि प्रतिरक्षा प्रणाली स्वस्थ हुनुपर्छ । यसबाट तपाईं मौसमी संक्रमणबाट टाढा रहन सक्नुहुन्छ । प्रतिरक्षा प्रणाली बलियो बनाउन स्वस्थ खाना मात्रै नभई दिनचर्यामा केही योग अभ्यास गर्नु पनि आवश्यक छ । योगले तपाईको समग्र शरीरलाई व्यायाम गराउँछ । आजको लेखमा हामीले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने योगासनको बारे चर्चा गरेका छौँ । हेर्नुहोस् यी योगासनका प्रकार र फाइदाहरु ।

शलभासन

शलभासन प्रतिरक्षा प्रणाली बलियो बनाउन धेरै लाभदायक छ । यसले शरीरमा रक्तसञ्चारको स्तरमा सुधार गर्छ । जसका कारण धेरै रोगको जोखिमबाट बच्न सकिन्छ । यसले ढाड दुखाइमा पनि आराम मिल्छ ।

मत्स्यासन

पेट सम्बन्धी समस्याबाट टाढा रहन चाहनुहुन्छ भने मत्स्यासनलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस् । यस आसनको दैनिक अभ्यासले पेट फुल्ने, पेट दुख्ने र एसिडिटी जस्ता समस्याबाट छुटकारा मिल्छ । यसबाहेक श्वासप्रश्वास सम्बन्धी समस्या पनि टाढा रहन्छ । यो आसनले रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

समकोणासन

समकोणासनलाई पूर्ण प्याकेज आसन भन्न सकिन्छ । यो आसन गर्नाले शरीरको माथिल्लो तल्लो भाग सक्रिय हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । जसले तपाईंलाई जाडोमा हुने धेरै रोगहरूबाट टाढा राख्छ । यो आसन गर्नाले शरीरमा रक्तसञ्चार सुधार हुन्छ जुन शरीरका धेरै कार्यका लागि आवश्यक हुन्छ ।

ताडासन

ताडासन शरीरलाई भित्रबाट बलियो बनाउनको लागि एक धेरै सजिलो र लाभदायक आसन हो । यो योग आसन दैनिक केही समय गर्नाले सम्पूर्ण शरीर तानिन्छ । यसले स्ट्यामिना बढाउँछ । यो आसन गर्नाले जाडोमा थकान र आलस्यको अनुभूति पनि हटाउँछ ।

नोटः लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारी उद्देश्यका लागि मात्र हुन् । यी योगको अभ्यास गर्दा कुनै समस्या भएमा विशेषज्ञसँग परामर्श लिनुहोस् ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ