२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगकलेजो स्वस्थ राख्ने योगासन

कलेजो स्वस्थ राख्ने योगासन


कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अङ्ग हो । यदि हाम्रो कलेजोले राम्रोसँग काम गर्छ भने हाम्रो पाचन प्रणाली, प्रतिरक्षा प्रणाली र मेटाबोलिजमले पनि राम्रोसँग काम गर्छ । हाम्रो शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्नुका साथै कलेजोले हर्मोनलाई पनि नियन्त्रण गर्छ ।

हाम्रो शरीरमा महत्त्वपूर्ण भूमिका खेल्ने कलेजोको स्वास्थ्यमा धेरैले ध्यान दिँदैनन् । जसका कारण तपाई फ्याटी लिभर, लिभर सिरोसिस र कलेजोको क्यान्सरको सिकार बन्न सक्छन् ।  हामीले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर कलेजोलाई स्वस्थ राख्न सक्छौँ । कलेजो स्वस्थ राख्नको लागि योग उपयोगी हुन सक्छ ।

बालासन

यस आसनको अभ्यासका लागि पहिले घुँडा टेकेर म्याटमा (वज्रासन) मा बस्नुहोस् र कम्मरलाई सीधा राख्नुहोस् । अब गहिरो श्वास लिएर शरीरको माथिल्लो भागलाई अगाडि तिर झुकाउनुहोस् । दुवै हात पछाडि राख्नुहोस् र टाउकोको अगाडि जमिन छुने प्रयास गर्नुहोस् । अब सकेसम्म लामो समयसम्म यस अवस्थामा रहन प्रयास गर्नुहोस् । त्यसपछि श्वास छोड्दा शरीरको माथिल्लो भाग उठाउनुहोस् र वज्रासन आसनमा फर्कनुहोस् ।

अधोमुख श्वानासन

यो आसन गर्नको लागि म्याटमा सिधा उभिनुहोस् । अब शरीरलाई कम्मरबाट झुकाएर अगाडि झुकाएर दुवै हातले जमिन छुनुहोस् । यस अवधिमा खुट्टा र हातको बिचमा करिब दुई फिटको दूरी राख्नुहोस् । अब हातहरू अगाडि बढाउँदै, टाउकोलाई जमिन नजिक लैजानुहोस् । कुहिनो र घुँडा झुकाउनु हुँदैन । यो पोजमा ३० देखि ४० सेकेन्डसम्म रहनुहोस् र त्यसपछि सीधा उभिनुहोस् ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ