२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी

अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी


अमेरिकी औषधी कम्पनी मडर्नाले कोभिड-१९ विरुद्धको खोपको चौथो डोज दिनका लागि अनुमति मागेको छ। देशका सबै वयस्कहरूलाई चौथो डोज लगाउनको लागि कम्पनीले अमेरिकी खाद्य तथा औषधी प्रबन्धक (एफडीए)लाई अनुमति दिन आवेदन दिएको हो।

कम्पनीले यसबारे स्पष्टिकरण दिँदै भनेको छ, ‘रोग नियन्त्रण र रोकथाम केन्द्रहरू र चिकित्सा संस्थाहरूलाई एमआरएनए खोपको दोस्रो बूस्टर डोजलाई उचित रूपमा प्रयोग गर्ने अवसर दिनका लागि सबै वयस्कहरूलाई नयाँ डोज दिन अनुमति मागेका हौँ।’ वयस्कलाई अनुमति मिलेमा वृद्धवृद्धा वा अन्य रोगबाट पीडित व्यक्तिहरूलाई खोपको चौथो डोज दिन अनुमति मिल्ने कम्पनीको भनाइ छ।

यसैबीच अमेरिकी अधिकारीहरूले कोभिड–१९ बाट हुने गम्भीर रोग र मृत्युबाट बच्न देशवासीलाई कोरोनाविरुद्धको खोपको थप डोज दिने तयारी थालेका छन् । ह्वाइट हाउसले अमेरिकी संसदलाई खोपको थप डोजका लागि आपतकालीन आर्थिक स्वीकृति दिन पनि आग्रह गरेको छ । आर्थिक स्वीकृति पछि अमेरिकी नागरिकहरूलाई खोपको अर्को डोज दिइनेछ।

यसअघि साताको सुरुवात मै फाइजर कम्पनीले पनि सबै वृद्धलाई बुस्टर डोज दिनका लागि अनुमति माग्दै अमेरिकी खाद्य तथा औषधी प्रबन्धक (एफडीए)लाई आवेदन दिएको थियो ।

कोभिड-१९ विरुद्ध चौथो डोज दिने इजरायल पहिलो देश हो । गत पुषमा ओमिक्रोनको जोखिम तीव्ररुपले फैलिएको समयमा यसलाई रोक्न  इजरायलले आफ्ना नागरिकलाई कोरोना खोपको चौथो डोज दिने निर्णय गरेको थियो ।

–एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ