गृहपृष्ठ ∕ विश्व ∕ चीनमा पुनः लकडाउन घोषणा चीनमा पुनः लकडाउन घोषणा हेल्थ आवाज सोमबार, २०७७ असार १५ गते, २१:०१ मा प्रकाशित तस्विरः अलजजीरा चीनले पुनः केहि स्थान विशेषका लागि लकडाउनको घोषणा गरेको छ । हेबेई प्रदेश संगैको शहरमा संक्रमणका केहि केशहरु देखा परेकाले चीन सरकारले सो स्थानमा पुनः कडाउनको घोषणा गरेको हो । गत वर्षको अन्त्यतिर कोरोना भाइरसको पहिलो केश देखा परेलगत्तै हालसम्म यो देश संक्रमणको संख्या नियन्त्रण गर्न सफल हुदै आएको छ । देश महामारीको दोस्रो वेभ(चरण) मा नपुगोस् भन्नका निमित्त यहाँका सरकारले साना–साना केशहरुलाई पनि गम्भीर रुपमा लिने गरेको छ । के हुदैछ हेबेईमा? आइतबार अधिकारीहरुले जनाए अनुसार, एन्छिङ शहर पुर्ण रुपमा नियन्त्रित रहेको छ । हाल त्यहाँ अत्यावश्यक कामबाहेक अन्य समयमा व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यस्तै स्थानिय बाहेक अन्यलाई संक्रमित एरियामा पस्न दिइएको छैन भने जबरजस्ती पस्न तथा पसाउन खोज्नेलाई पुलिसले कारवाहिको व्यवस्था गरेको छ । एन्छिङ, बेइजिङको दक्षिणी भुभागको १ सय ५० किलोमिटर अवस्थित शहर हो । चिनिया मिडियाका अनुसार, दुई हप्ताको अवधिमा बेइजिङमा १८ नयाँ केशहरु दर्ता भएका छन् । अन्य ठुला शहरहरुमा जस्तै यहाँ घनाबस्ती नभएका कारण यहाँ देखिएको संक्रमणको संख्या रोक्न सकिनेमा विशेषज्ञहरु विश्वस्त देखिएका छन् । यस्तो छ बेइजिङको अवस्था चीन सरकार तथा यहाँको विज्ञको पहलमा नियन्त्रणमा आएको कोरोना संक्रमण अवस्था अन्य देशका निम्ति चासो एवम् ईष्याको विषय बनेको छ । यद्यपि बेइजिङमा भर्खरै मात्र देखिएको नयाँ स्पाइक केशहरुले भने देश दोस्रो वेभमा प्रवेश गर्ने हो कि भन्ने त्रासमा विज्ञहरु रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ नयाँ १४ केशहरु देखिएका छन् । जुन महिनामा त्यहाँ कुल ३ सय ११ कोरोनाका केशहरु दर्ता भएका छन् । कोरोना भाइरसको पहिलो केश देखापरेको चीनमा सरकार तथा त्यहाँका स्थानियको समन्वय कारण संक्रमणले उग्र रुपमा लिन पाएको विज्ञहरु बताउँछन् । एजेन्सी । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक