गृहपृष्ठ ∕ विश्व ∕ चीनमा पुनः लकडाउन घोषणा चीनमा पुनः लकडाउन घोषणा हेल्थ आवाज सोमबार, २०७७ असार १५ गते, २१:०१ मा प्रकाशित तस्विरः अलजजीरा चीनले पुनः केहि स्थान विशेषका लागि लकडाउनको घोषणा गरेको छ । हेबेई प्रदेश संगैको शहरमा संक्रमणका केहि केशहरु देखा परेकाले चीन सरकारले सो स्थानमा पुनः कडाउनको घोषणा गरेको हो । गत वर्षको अन्त्यतिर कोरोना भाइरसको पहिलो केश देखा परेलगत्तै हालसम्म यो देश संक्रमणको संख्या नियन्त्रण गर्न सफल हुदै आएको छ । देश महामारीको दोस्रो वेभ(चरण) मा नपुगोस् भन्नका निमित्त यहाँका सरकारले साना–साना केशहरुलाई पनि गम्भीर रुपमा लिने गरेको छ । के हुदैछ हेबेईमा? आइतबार अधिकारीहरुले जनाए अनुसार, एन्छिङ शहर पुर्ण रुपमा नियन्त्रित रहेको छ । हाल त्यहाँ अत्यावश्यक कामबाहेक अन्य समयमा व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यस्तै स्थानिय बाहेक अन्यलाई संक्रमित एरियामा पस्न दिइएको छैन भने जबरजस्ती पस्न तथा पसाउन खोज्नेलाई पुलिसले कारवाहिको व्यवस्था गरेको छ । एन्छिङ, बेइजिङको दक्षिणी भुभागको १ सय ५० किलोमिटर अवस्थित शहर हो । चिनिया मिडियाका अनुसार, दुई हप्ताको अवधिमा बेइजिङमा १८ नयाँ केशहरु दर्ता भएका छन् । अन्य ठुला शहरहरुमा जस्तै यहाँ घनाबस्ती नभएका कारण यहाँ देखिएको संक्रमणको संख्या रोक्न सकिनेमा विशेषज्ञहरु विश्वस्त देखिएका छन् । यस्तो छ बेइजिङको अवस्था चीन सरकार तथा यहाँको विज्ञको पहलमा नियन्त्रणमा आएको कोरोना संक्रमण अवस्था अन्य देशका निम्ति चासो एवम् ईष्याको विषय बनेको छ । यद्यपि बेइजिङमा भर्खरै मात्र देखिएको नयाँ स्पाइक केशहरुले भने देश दोस्रो वेभमा प्रवेश गर्ने हो कि भन्ने त्रासमा विज्ञहरु रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ नयाँ १४ केशहरु देखिएका छन् । जुन महिनामा त्यहाँ कुल ३ सय ११ कोरोनाका केशहरु दर्ता भएका छन् । कोरोना भाइरसको पहिलो केश देखापरेको चीनमा सरकार तथा त्यहाँका स्थानियको समन्वय कारण संक्रमणले उग्र रुपमा लिन पाएको विज्ञहरु बताउँछन् । एजेन्सी । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व