२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठविश्वपीडाबिना १ मिनेटमै मारिदिने सुसाइड मेसिनलाई स्विट्जरल्याण्डले दियो मान्यता

पीडाबिना १ मिनेटमै मारिदिने सुसाइड मेसिनलाई स्विट्जरल्याण्डले दियो मान्यता


काठमाडौं – स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनीरुपले स्वीकृति दिएको छ । मेसिन निर्माण गर्ने कम्पनीले मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिने दावी गरेको छ ।

कम्पनीका अनुसार न कफिनको आकारमा रहेको सार्को नामक मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम हुने हुँदा एक मिनेटभित्र मृत्यु हुन्छ ।

एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ ।

बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ