२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्व१२ लाख जनसंख्या भएको चिनियाँ शहरमा लकडाउन, घरबाट निस्कन नपाइने

१२ लाख जनसंख्या भएको चिनियाँ शहरमा लकडाउन, घरबाट निस्कन नपाइने


चीनमा कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न सहरमा लकडाउन लगाइएको छ । अहिले मध्य चीनको ११.७ मिलियन जनसङ्ख्या भएको युझाउमा मानिसहरू घरमा कैद छन्।

हेनान प्रान्तको यो शहरमा बस र ट्याक्सी सेवा पहिले नै बन्द गरिएको थियो। त्यस्तै, सपिङ मल, म्युजियम र पर्यटकीयस्थल पनि बन्द गरिएको छ ।

चीनको कोरोनाको तथ्यांकमा सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । तर, गत वर्षको अगस्ट १० मा १४३ वटा केस देखिएको थियो । त्यसपछि डिसेम्बर १७सम्म कुनै नयाँ केस आएको छैन । त्यसपछि १८ डिसेम्बरमा १ सय २५ संक्रमित भेटिए। २६ डिसेम्बर ३१ सम्म यहाँ दुई सयदेखि २०९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि देशमा ३२५ जना संक्रमितसम्म पुगेको रेकर्ड छ । चीनमा पहिलोपटक कोरोना भाइरस फेला परेपछि शून्य कोभिड दृष्टिकोण अपनाइँदै आएको छ । यसको लागि चीनले सीमाना सिल गर्ने देखि विभिन्न भागमा लकडाउन लगाएको छ। १.३ करोड जनसंख्या भएको साङ्सी सहर झण्डै दुई सातादेखि लकडाउनमा छ ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ