२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वजति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ

जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोनलाई लिएर नयाँ खतराको चेतावनी दिएको छ। संगठनको युरोप इकाईले मंगलबार  विश्वभर ओमिक्रोनको बढ्दो केसहरूले नयाँ र थप खतरनाक जोखिमहरू खडा गर्न सक्ने चेतावनी दिएको हो।

‘ओमिक्रोन जति धेरै फैलिन्छ, त्यति नै यसको रूप परिवर्तन हुनेछ। अहिले यो घातक बनेको छ, यसले ज्यान समेत लिन सक्छ,’ संगठनका वरिष्ठ आपतकालीन अधिकारी क्याथरिन स्मलवुडले भने,’ओमिक्रोनको बढ्दो संक्रमण दरले उल्टो प्रभाव पार्न सक्नेछ ।’

महामारीपछि युरोपमा मात्रै १० करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् । अन्तिम सातामा मात्र ५० लाख भन्दा बढी केसहरू प्राप्त भएका छन्। यो विगतमा हामीले देखेको लगभग समान अवधि हो। युरोपको अवस्थाबारे स्मलवुडले भने, ‘हामी निकै खतरनाक अवधिबाट गुज्रिरहेका छौं । पश्चिमी युरोपमा हामीले संक्रमणको द्रुत फैलावट देखिरहेका छौं।’

ओमिक्रोन संक्रमण भएका व्यक्तिहरूमा डेल्टाको तुलनामा अस्पताल भर्ना हुने जोखिम कम हुन्छ, तर समग्रमा यो नयाँ प्रजाति यसको उच्च संक्रमण दरका कारण बढी खतरनाक हुन सक्छ। जब यसका बिरामीहरू द्रुत रूपमा बढ्छन्, तिनीहरूले धेरै मानिसहरूलाई गम्भीर रोगबाट संक्रमित गर्न सक्छन् ।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ