२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वचीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द


कोरोनाको ओमिक्रोन भेरियन्ट यसपटक धेरै खतरनाक हुँदै विश्व सामु आएको छ । यसले लगभग सबै देशलाई आक्रान्त पारेको छ । सार्वजनिक भएका सबै भेरियन्टमध्ये कुनै पनि खाद्यवस्तुमा कोरोना संक्रमणको प्रमाण भने फेला परेको छैन । तर, हालैमा चीनको ड्रयागन फ्रुटमा पनि संक्रमण पुष्टि भएको खबर बाहिरिएको छ।

रिपोर्टका अनुसार चीनको झेजियाङ र जियाङ्सी प्रान्तका नौ सहरमा फलफूलको परीक्षणमा कोरोना भाइरसको पुष्टि भएको हो । यसपछि फलफूल खरिद गर्नेलाई पनि क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । यसका साथै विदेशबाट आउने खाद्यवस्तुको पनि अनुसन्धान थालिएको छ ।

यी ड्रयागन फलहरू भियतनामबाट आउँछन्। यो खबर सार्वजनिक भएपछि चीनका धेरै सुपरमार्केट बन्द गरिएका छन् ।

ड्रयागन फ्रुट्सना कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले भियतनामबाट ड्र्यागन फ्रुट आयातमा २६ जनवरीसम्म प्रतिबन्ध लगाएको छ । गत साता चीनमा ड्र्यागन फ्रुटमा कोरोना भाइरस भेटिएको पुष्टि भएको थियो । चीनको शी’आन सहरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यहाँ पहिलेदेखि नै लकडाउन गरिएको छ । यसपछि युझु सहरमा लकडाउन लगाइएको छ ।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ