२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वभारतमा एकै दिन एक लाख १७ हजारमा कोभिड-१९ पुष्टि, ओमिक्रोनको मात्रै ३ हजार केस

भारतमा एकै दिन एक लाख १७ हजारमा कोभिड-१९ पुष्टि, ओमिक्रोनको मात्रै ३ हजार केस


काठमाडौँ – भारतमा एकैपटक १ लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।  त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एकैपटक एक लाख १७ हजार जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ३ हजारभन्दा बढी केस ओमिक्रोन भेरियन्टको छ ।

सात माहिना पछि शुक्रबार सबैभन्दा बढी संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३ सय २को मृत्यु भएको छ भने ३० हजारभन्दा बढी संक्रमित निको भएका छन् ।  संक्रमणदरमा वृद्धि आउनुको साथै सक्रिय संक्रमितको पनि संख्या बढ्दै गएपछि भारत यतिखेर तनावग्रस्त बनेको छ । सक्रिय संक्रमितको संख्या मात्रै ३ लाख ७१ हजार रहेको तथ्यांकले देखाएको छ ।

छिमेकी देश भारतमा संक्रमण वृद्धि भएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । पछिल्लो केहि सातामा कोभिडको संख्या २ सयदेखि ३ सयको बीचमा रहँदै आएको थियो। तर, दक्षिण मुलक भारतमा कोभिड संक्रमण पुन: उकालो लागेसँगै यसको प्रभाव नेपालमा पनि देखिन थालेको हो।

बिहिबार नेपालमा ५ सय ४० जनामा कोभिड-१९ संक्रमण पुष्टि देखिएसँगै संक्रमण हुने को संख्या ८ लाख ३० हजार ४ सय ८० देखिएको थियो ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ