२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वघातक छ ओमिक्रोन, हल्का रूपमा नलिऊ : विश्व स्वास्थ्य संगठन

घातक छ ओमिक्रोन, हल्का रूपमा नलिऊ : विश्व स्वास्थ्य संगठन

'विश्वका स्वास्थ्य प्रणालीलाई नै भारी पर्ने गरी कोभिडको सुनामी पुन: बढ्यो'


विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अमिक्रोन भेरियन्टलाई हल्कामा नलिन आग्रह गरेका छन्। उनले सो भेरियन्ट घातक र सुनामीजस्तो तेज रहेकोले हल्कामा नलिन आग्रह गरेका हुन् ।

प्रमखु टेड्रोसले बिहिबार भने, ‘खोप लगाएका व्यक्तिमा डेल्टाभन्दा कम खतरनाक ओमिक्रोन साबित भैरहेको छ। यसको मतलब यसलाई हल्कामा लिनु हैन। डेल्टा जस्तै यसले पनि मानिसलाई अस्पतालमा भर्ना गराउनुको साथै ज्यान पनि लिइरहेको छ।’

ओमिक्रोनले नयाँ रेकर्ड संख्यामा मानिसहरूलाई संक्रमित गरिरहेको र डेल्टाभन्दा छिटो फैलिरहेको उनको भनाइ छ। ‘कोरोना केसहरूको सुनामी यति बढ्यो र तेज छ कि विश्वभरको स्वास्थ्य प्रणालीलाई पुन: ठुलो समस्याको सामना गर्नु परिरहेको छ,’उनले भने।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर गरेर २५ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोनाका केसहरूमा तीव्र वृद्धि भइरहेको छ। २४ घण्टामा विश्वका ६ देशमा एक लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै विगतमा विश्वभर २४ लाख ९७ हजार १५४ नयाँ कोरोना संक्रमित भेटिएका छन् छिमेकी मुलुक भारतमा मात्रै १ लाख १७ हजार केस देखिएको छ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ