२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनक्कली खोप कार्ड बेच्न आफै कोभिड खोपको ९० डोज लगाउने व्यक्ति पक्राउ

नक्कली खोप कार्ड बेच्न आफै कोभिड खोपको ९० डोज लगाउने व्यक्ति पक्राउ


जर्मनीमा एक ६० वर्षीय पुरुषले आफूलाई खोप लगाउन नचाहने व्यक्तिहरूलाई खोप किट नम्बरसहितको नक्कली खोप कार्ड बेच्न जर्मनीमा दर्जनौंपटक कोभिड-१९ विरुद्ध खोप लगाएका छन् ।

पूर्वी जर्मन सहर म्याग्डेबर्गका ती व्यक्तिले  खोप कार्ड बेच्नका लागि फरक फरक खोप आफै लगाइएको जर्मन समाचार एजेन्सीले जनाएको हो। ती व्यक्तिको नाम भने गोप्य राखिएको छ । एजेन्सीका अनुसार ती अभियुक्तलाई प्रहरीले पक्राउ गरे पनि हिसासतमा नराखेको तर, खोप कार्ड र नक्कली कागजातहरू  बरामद भएकोले अनुसन्धान भइरहेको बताएको छ।

उनी एलेनबर्ग, स्याक्सनीमा रहेको खोप केन्द्रमा लगातार दोस्रो दिन कोभिड-१९ को खोपको डोज लिन आएका बेला प्रहरीले पक्राउ परेका थिए। प्रहरीले उनीबाट धेरै खाली खोप कार्ड बरामद गरी फौजदारी कारबाही अघि बढाएको हो ।

विभिन्न ब्रान्डका कोभिड-१९ भ्याक्सिनका झण्डै ९० शटले व्यक्तिको व्यक्तिगत स्वास्थ्यमा कसरी असर गर्‍यो भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन।

जर्मन प्रहरीले हालैका महिनाहरूमा खोप पासपोर्ट नक्कली गरेको आरोपमा धेरै छापा मारेको छ। त्यहाँका अधिकांश नागरिकले खोप लगाउन अस्वीकार गरिरहेका छन्।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ