२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविश्वडाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि..

डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि..


पाकिस्तानको एक अस्पतालमा एक महिलाको जीवनसँग खेलवाड भएको छ । सिन्धको सरकारी अस्पतालमा एक गर्भवती महिला सुत्केरी गराउन गएकी थिइन् । जहाँ चिकित्सकको अनुपस्थितिमा अस्पतालका कर्मचारीले उनको शल्यक्रिया गरेका थिए ।

यतिसम्मकी गर्भमा रहेको बच्चालाई काटेर बाहिर फालिदिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले रिपोर्ट गरेका छन्। लापरवाहीका कारण बच्चाको काटिएको टाउको महिलाको गर्भमा नै रहेकोले महिलाको अवस्था पनि नाजुक बन्दै गएको रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानको हिन्दू बहुल जिल्ला थारपार्करकी ३२ वर्षीया भील हिन्दू महिला ग्रामीण स्वास्थ्य केन्द्रमा आएकी थिइन् । जहाँ अस्पतालका कर्मचारीको लापरवाहीका कारण पहिलो बच्चाको मृत्यु भएको थियो । उनले नवजात शिशुलाई धेरै टुक्रामा काटेर आमाको गर्भ निकाले। यस क्रममा शिशुको काटिएको टाउको र अन्य केही भाग आमाको गर्भमा फसेको थियो । शल्यक्रियाका कारण महिलाको पाठेघर पनि निकै हानि पुगेको छ । त्यसपछि महिलाका परिवारले उनलाई अर्को अस्पताल लगे । जहाँ शल्यक्रियापछि महिलाको गर्भबाट बच्चाको टाउको निकालिएको थियो ।

सरकारले छानबिन गर्न आदेश

डाक्चौटर तर्फी आलोचना भएपछि सिन्ध सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ । यसका लागि समिति गठन गरिएको छ । सिन्ध हेल्थ सर्भिसका महानिर्देशक डा. जुमन बाहोतोले  यस विषयमा छानबिन गरी दोषी पत्ता लगाउने उल्लेख गरेका छन् ।

यो घटनामा लापरवाहीसँगै कर्मचारीको निर्दयीता पनि बाहिर आएको छ । स्ट्रेचरमा सुतेर ज्यानसंग लड्दै गर्दा अस्पतालका कर्मचारीले उनको र उनको अंगभंग भएको बच्चाको भिडियो बनाएका थिए । पछि यी तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ