२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वसन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग

सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग

फ्रान्समा २५ प्रतिशत मानिसमा कान नसुन्ने समस्या


फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मेडिकल इन्स्टिच्युटले गरेको अनुसन्धानले फ्रान्समा चारमध्ये एक जनालाई कानमा समस्या भएको देखाएको छ। उनीहरु बिस्तारै बहिरा बन्दै गएका छन् । अर्थात्, त्यहाँको २५% जनसंख्या यसबाट प्रभावित भएको छ ।

डिप्रेसन र कोलाहलका कारण मानिसहरु बहिरोपनबाट ग्रसित

पहिलोपटक फ्रान्समा यस्तो अनुसन्धान ठूलो मात्रामा गरिएको छ। जसमा १८ देखि ७५ वर्ष उमेर समूहका १,८६,४६० व्यक्तिलाई समावेश गरिएको थियो । यसअघिको अनुसन्धान सानो तहमा मात्रै हुने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ। तर, यसपटक गरिएको अनुसन्धान अनुसार जीवनशैली, सामाजिक एक्लोपन, डिप्रेसन र चर्को स्वरका कारण मानिसमा कानमा समस्या देखिएको छ ।

अनुसन्धानले पत्ता लगाएको छ कि सुगर र डिप्रेसनका कारण कतिपयलाई कानमा समस्या हुने गरेको छ । एकै समयमा केही व्यक्तिहरू एक्लोपन, शहरी कोलाहल र हेडफोनको प्रयोगका कारण समस्याहरू सामना गरिरहेका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वका करिब १५ करोड मानिसले कुनै न कुनै रूपमा कान नसुन्ने समस्या भोगिरहेका छन्। यो संख्या २०५० सम्ममा २५० करोड पुग्ने अनुमान गरिएको छ । त्यसैले, यसलाई स्वास्थ्य समस्याको रुपमा हेरिएको छ । सबैभन्दा बढी आवाज र हेडफोन प्रयोग गर्दा समस्या छ।

फ्रान्समा ३७ प्रतिशत मानिसहरू मात्र श्रवण उपकरण प्रयोग गर्छन्। धुम्रपान गर्ने र उच्च बिएमआइ भएका व्यक्तिहरूले पनि श्रवण यन्त्र कम प्रयोग गरिरहेका छन्। बढ्दो समस्यालाई हेरेर गत वर्ष फ्रान्सेली स्वास्थ्य विभागले सर्वसाधारणका लागि श्रवण यन्त्र निःशुल्क उपलब्ध गराएको थियो । श्रवण सहायताको लागि बीमाको पनि व्यवस्था गरिएको छ ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ