२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वपोलियो खुवाउन पुगेका स्वास्थ्यकर्मीको गोली हानी हत्या

पोलियो खुवाउन पुगेका स्वास्थ्यकर्मीको गोली हानी हत्या


पोलियो औषधी खुवाउन पाकिस्तान गएको टोलीमाथि अज्ञात बन्दुकधारीले आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यो हमला पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा मंगलबार भएको हो ।

अफगानिस्तानको सीमासँग जोडिएको उक्त क्षेत्रमा बन्दुकधारीले गरेको आक्रमणमा दुई प्रहरी र एक स्वास्थ्यकर्मीको मृत्यु भएको थियो । उनीहरु बालबालिकालाई पोलियोको औषधि खुवाउन गएका थिए ।

यस वर्ष अफगानिस्तानसँग जोडिएको यस जिल्लामा ९ पोलियोका घटना रिपोर्ट आएपछि खोप अभियानका लागि टोली घर–घर गएको थियो । त्यसपछि बन्दुकधारीहरूले टोलीमाथि आक्रमण गरे। जसमा टोलीका एक सदस्य र उनीहरूको सुरक्षामा संलग्न दुई प्रहरीको मृत्यु भयो। प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

विगतमा पनि पोलियो टोलीमाथि आक्रमण

यस वर्षको मार्चमा, बन्दुकधारीहरूले उत्तरपश्चिम पाकिस्तानमा एक महिला पोलियो कार्यकर्तालाई गोली हानी हत्या गरेका थिए। उनी पोलियो विरुद्धको अभियानमा सहभागी भएर घर फर्कदै थिइन । गत वर्ष जनवरीमा, बन्दुकधारीहरूले उत्तरपश्चिम पाकिस्तानमा पोलियो खोप कार्यकर्ताहरूको टोलीको सुरक्षा गरिरहेका एक प्रहरी अधिकारीलाई गोली हानी मारेका थिए।

पोलियो उन्मूलन भएको छैन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा पाकिस्तान र अफगानिस्तान मात्र पोलियो उन्मूलन हुन सकेको छैन। यस वर्ष अफगानिस्तान छेउछाउका जिल्लामा ९ जना पोलियोका बिरामी भेटिएका छन्। जसविरुद्ध खोप अभियान चलिरहेको छ भने खोप टोलीले घरघरमा गएर पोलियोको औषधि खुवाउने गरेको छ ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ