२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वमंकीपक्सको संक्रमण तीन गुणाले वृद्धि, ६७ देशमा फैलियो : डब्लुएचओ

मंकीपक्सको संक्रमण तीन गुणाले वृद्धि, ६७ देशमा फैलियो : डब्लुएचओ


मंकीपक्स प्रकोप विश्वभर दिनप्रतिदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक विज्ञप्ति जारी गर्दै जुन १५ देखि युरोपमा मंकीपक्सको संक्रमण तीन गुणा वृद्धि भएको बताएको छ। बेलायतमा मे ६ मा पहिलो केस देखिएपछि युरोपभरि अहिलेसम्म ५ हजारभन्दा बढी मानिसमा यो भाइरसको पुष्टि भइसकेको छ ।

मंकीपक्सले महामारीको रुप लियो

हालै, विश्व स्वास्थ्य सञ्जालले मंकीपक्सलाई महामारीको रूपमा घोषणा गरेको छ। यद्यपि डब्ल्यूएचओले यसलाई विश्वव्यापी स्वास्थ्य आपतकालीन भन्न अस्वीकार गरेको छ। मंकीपक्समिटरको तथ्यांक अनुसार हालसम्म ६७ देशमा ६,१५७ पुष्टि भएका र शंकास्पद बिरामी पहिचान भइसकेका छन्। बेलायत, स्पेन, संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, पोर्चुगल, क्यानडा, नेदरल्यान्ड्स, इटाली र बेल्जियम मंकीपक्सबाट प्रभावित शीर्ष १० देशहरूमा पर्छन्।

मंकीपक्सलाई कसले आफ्नो शिकार बनाइरहेको छ?

डब्लुएचओका लागि युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले मन्कीपक्स भाइरसले यी तीन प्रकारका मानिसलाई आफ्नो सिकार बनाउँदै आएको बताए ।

  • यस वर्षको प्रकोपका बिरामीमध्ये ९९ प्रतिशत पुरुष छन् ।
  • धेरैजसो पुरुषहरू अरू पुरुषसँगै यौनसम्पर्क गर्नेहरू हुन्।
  • अधिकांश बिरामी २१ देखि ४० वर्षका छन् ।
  • अहिलेसम्म युरोपमा सघन उपचार इकाई (आईसीयू) मा एक जना बिरामीलाई भर्ना गरिएको छ ।

भाइरसको डीएनएमा ५० प्रजाति

मन्कीपक्सका बिरामी बढ्दै गएपछि विश्व नै अलर्ट मोडमा छ । वैज्ञानिकहरूले विभिन्न प्रकारका अनुसन्धान गरेर यो रोग तीव्र गतिमा फैलनुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् । भर्खरै नेचर मेडिसिन जर्नलमा प्रकाशित एउटा अनुसन्धानले भाइरसको २०१८को डीएनए र २०२२ को डीएनएलाई तुलना गरेको छ। चार वर्षमा डीएनएमा ५० म्युटेसन भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यो अपेक्षित परिवर्तनभन्दा ६-१२ गुणा बढी हो।

रोग अब उस्तै रहेन

ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनअनुसार वैज्ञानिकहरूले लन्डनमा बसोबास गर्ने मंकीपक्सका ५४ बिरामीहरूको परीक्षण गरिएको थियो । ती सबै पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष थिए ।

एक चौथाइ बिरामीहरू एचआईभी पोजिटिभ थिए र एक चौथाई यौन रोगबाट संक्रमित थिए। सबै बिरामीहरूमा मुख्य लक्षण पीपले भरिएको दाग थियो। ९४ प्रतिशत मानिसहरूमा, यो दाग गुप्तांगमा थियो। अर्थात्, भाइरसले यौन सम्पर्कको क्रममा छाला-देखि-छालाको सम्पर्कबाट संक्रमण फैलिरहेको छ। अन्वेषकहरूका अनुसार अफ्रिकामा पहिलेको प्रकोपमा, यो दाग सधैं हातमा थियो, जसको मतलब बिरामीले संक्रमित व्यक्ति वा जनावरलाई छोएको थियो।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ