२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वभारतमा एकैदिन १६ हजार बढीमा कोभिड संक्रमण

भारतमा एकैदिन १६ हजार बढीमा कोभिड संक्रमण


भारतमा एकैदिन थप १६ हजार १ सय ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।  हाल भारतमा कोभिडका  कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिडका कारण  २४ जनाको मृत्यु भएको छ । हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २२३ को मृत्यु भैसकेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

हाल भारतमा एक लाख तेह्र हजार ८६४ सक्रिय सङ्क्रमित रहेका छन् । गत केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा भएको छ ।

पछिल्लो एक दिनमा १३ हजार ९५८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ७९ हजार ४७७ पुगेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट  कोभिड विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप  प्राप्त गरिसकेका छन् ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ