२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वजनअपेक्षा अनुरुप सरकार नचलेको भन्दै बेलायतका स्वास्थ्यमन्त्री जावेदले दिए राजीनामा

जनअपेक्षा अनुरुप सरकार नचलेको भन्दै बेलायतका स्वास्थ्यमन्त्री जावेदले दिए राजीनामा


बेलायतका स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन्। प्रधानमन्त्री  बोरिस जोनसनको  सरकार जनअपेक्षा अनुरुप चल्न नसकेको  भन्दै मन्त्री जावेदले मंगलबार राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री  जोनसनले देशको नेतृत्व गर्न सक्छन् भन्ने विश्वास नभएको उनको भनाइ छ ।

स्वास्थ्यमन्त्री साजिद जावेदले पनि राजीनामा दिँदै प्रधानमन्त्री बोरिस जोनसनलाई लेखेको पत्र आफ्नो सामाजिक संजाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।पत्रमा उनले स्पष्ट रुपमा प्रधानमन्त्री जोनसनको नेतृत्वमा परिस्थिति परिवर्तन नहुने बताएका छन्।

‘हामी (कन्जरभेटिभ पार्टी) सधैं लोकप्रिय नहुन सक्छौं, तर हामीले सधैं राष्ट्रिय हितमा काम गर्न सकेका छौं। अहिलेको परिस्थितिमा हामीले केही गरेनौं भन्ने निष्कर्षमा जनता लाग्नु दुःखद् कुरा हो । मलाई यो भनिरहँदा दुख लागेको छ। तर, तपाईंको नेतृत्वमा परिस्थिति परिवर्तन नहुने प्रष्ट देखिन्छ। त्यसैले तपाईले मेरो विश्वास गुमाउनुभयो। गत महिना भएको विश्वासको मतमा धेरै सांसदले पनि यसमा सहमति जनाएका छन्, ‘पत्रमा लेखिएको छ।

बोरिस सरकारले स्टिभ बार्स्लेलाई नयाँ स्वास्थ्यमन्त्रीमा नियुक्त गरेको छ । यसअघि बोरिस जोन्सनको सरकारबाट बिम अफोलामी, साकिब भट्टी, एन्ड्रयु मुरिसन, निकोला रिचर्ड, जोनाथन ग्यालिसले पनि राजीनामा दिइसकेका छन् ।

निलम्बित सांसद क्रिस पिन्चरलाई लिएर आलोचनाको सामना गरिरहेका बोरिस जोनसनका लागि मन्त्रीहरुको राजीनामाले थप समस्या सिर्जना गरेको छ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ