२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वघानामा देखियो घातक मारबर्ग भाइरस, २ जनाको मृत्यु

घानामा देखियो घातक मारबर्ग भाइरस, २ जनाको मृत्यु


घानामा मारबर्ग नामक घातक भाइरस भेटिएको छ । ल्हासा भाइरसपछि यसपटक घानामा मारबर्ग भाइरसको संक्रमण देखिएको हो ।  सेनेगलको एउटा भाइरस प्रयोगशालाले शंकास्पद दुई नमूना परीक्षण गरेपछि उक्त घातक भाइरसको पुष्टि गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको हो ।संक्रमित दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ। उनीहरूको नमूना परीक्षण पछि सेनेगलको भाइरस प्रयोगशालाले घातक भाइरसको  पुष्टि गरेको हो।

स्वास्थ्य विज्ञहरूका अनुसार ‘अत्यधिक संक्रामक’ भाइरसबाट संक्रमित व्यक्तिहरूको मृत्युदर २४ देखि ८८ प्रतिशतको बीचमा हुन सक्छ।

चिकित्सकका अनुसार यो भाइरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने, बान्ता हुने, टाउको दुख्नेलगायतका धेरै लक्षण देखिन्छन् । यो भाइरस पहिलोपटक गुयेनामा फेला परेको थियो। मारबर्ग अफ्रिकामा खतरनाक रूपमा फैलिएको इबोला भाइरसको संक्रमणसँग सम्बन्धित छ। मारबर्ग संक्रमण पहिलोपटक दक्षिण र पूर्वी अफ्रिकी देशहरूमा करिब साढे पाँच दशक पहिले पहिचान गरिएको थियो।

 भाइरस धेरै संक्रामक र घातक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई इबोला जस्तै भएको बताएको छ। इबोला भने पहिलोपटक सन् १९७६ मा पहिचान भएको थियो । डब्लुएचओले एक विज्ञप्तिमा दक्षिणी अशान्ति क्षेत्रका दुई जना बिरामीमा पखाला, ज्वरो, वाकवाकी र बान्ता जस्ता लक्षण देखिएको बताएको छ । यी दुई थप केसहरू पुष्टि  भएसँगै दोस्रोपटक पश्चिम अफ्रिकाको मारबर्गमा प्रकोप भएको हो।

गत वर्ष गिनीमा भाइरस फेला परेको थियो। डब्लुएचओले भन्यो, ‘सम्भावित प्रकोप प्रतिक्रियाको लागि तयारी  र द्रुत थप अनुसन्धान भइरहेको छ। डब्ल्यूएचओका अनुसार सन् १९६७ देखि मारबर्गमा दर्जनौं ठूला प्रकोपहरू भइसकेका छन्। केसहरू प्रायः दक्षिणी र पूर्वी अफ्रिकामा भेटिएका छन्।’

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ