२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वनिको नहुने क्यान्सर हटाएर ‘बेस इडिटिङ’ले दिएको नयाँ जीवन 

निको नहुने क्यान्सर हटाएर ‘बेस इडिटिङ’ले दिएको नयाँ जीवन 


एक प्रविधिले पहिलो पटकको प्रयोगले एक किशोरीको निको नहुने किसिमको क्यान्सर उनको शरीरबाट समाप्त भएको छ ।
अलिशा नाम गरेकी उक्त किशोरीलाई ल्युकेमिया भएको थियो । उनको उपचारका लागि गरिएका हरेक प्रयासहरू विफल भइरहेका थिए ।

त्यसैले ग्रेट अर्मोन्ड स्ट्रिट अस्पतालका चिकित्सकहरूले बायोलोजिकल इन्जिनियरिङमार्फत नयाँ औषधिको सृजना गरे । ६ महिनापछि उनको शरीरमा उक्त क्यान्सर देखिएको छैन तर क्यान्सर पुनः फर्कन्छ कि भन्ने सोचे उनलाई हाल पनि मोनीटर गरिइरहेको छ ।

गत वर्षको मेमा १३ वर्षकी उनलाई टि सेल अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया लागेको पत्ता लागेको थियो । टि-सेलहरु शरीरको प्रतिरक्षाका लागि अत्यावश्यक मानिन्छन् तर अलिशााको शरीरमा यसले क्यान्सरका कारण खतरनाक रुप लिइरहेको थियो  ।

उनलाई केमोथेरापी दिँदै उनको बोनम्यारो ट्रान्सप्लान्टसमेत गरियो तर जिद्धी क्यान्सर उनको शरीरबाट हटिरहेको थिएन । ती सबै उपचार गर्दा पनि केहि नलागेपछि डाक्टरहरुसँग अन्तिम विकल्प भनेको उनलाई जतिसक्दो सहज महशुस गराउनु थियो ।

छोरीको मृत्यु हुने डरले गत वर्षको क्रिसमस अन्तिम होला सोचेर हामीले हरसम्भव उनलाई खुशी पार्न खोजिरहेका थियौँ अलिशाकी आमा कियोना भन्छिन् । अलिशाले आफुले केमो र अन्य उपचारका कारण कपाल गुमाउने भएपछि आफ्नो कपाल पनि काटेर दिएकी थिईन् ।

अस्पतालको उक्त टिमले ६ वर्षअघि बनेको टेक्नोलोजी ‘बेस इडिटिङ’ को प्रयोग गरेको थियो । उक्त प्रविधिको प्रयोग गर्दै चिकित्सकहरूले अलिशाको शरीरको टि-सेललाई निष्क्रिय पार्ने गरी नयाँ प्रकारको टि सेल्सहरु शरीरमा प्रत्यारोपण गरिदिए । सोचेअनुरुप उक्त प्रविधिले अलिशाको शरीरको टि-सेललाई नष्ट गर्दै क्यान्सर पनि मेटाइदियो ।

हाल उनको स्वास्थ्य अवस्था राम्रो छ र उनका परीवार अब क्यान्सर पुनः नआओस् भन्दै बसेका छन् । त्यस्तै उक्त चिकित्सकको समूहप्रति आभारी रहेका छन् ।
बेस इडिटिङले काम गर्ने तरिका

स्रोत : बिबिसी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ