२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वभारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ?

भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ?


भारतले नाकबाट दिन मिल्ने आफ्नो पहिलो भ्याक्सिनलाई स्वीकृत गरेको छ । भारत बायोटेकले उत्पादन गरेको इन्कोभ्याकलाई भारतले स्वीकृति दिएको हो । नाकबाट थोपा थोपा गरेर दिइने यो भ्याक्सिनले कोभिडविरुद्ध लड्न प्रतिरक्षा प्रणालीलाई बढाउँछ ।

२०२२ को सेप्टेम्बरमा चीनले नाकबाट स्प्रेको रूपमा दिन मिल्ने भ्याक्सिन बनाएको थियो । वैज्ञानिकहरूले नाकबाट नै कोभिडका भाइरसहरू भित्र जाने भएकाले नाकबाट दिइने भ्याक्सिनले नाकको प्रतिरक्षा प्रणालीलाई बढाएर भाइरसलाई प्रवेश गर्नबाट रोक्ने बताउँछन् ।

बेलायत र अमेरिकाका विभिन्न खोज टिमले पनि यसबारेमा अध्ययन गरिरहेका छन् । २०२२ को नोभेम्बरमा भारतले यो भ्याक्सिनलाई बुस्टरको रूपमा प्रयोग गर्न अनुमति दिएको थियो ।

यो भ्याक्सिनको मूल्य भारतको निजी अस्पतालमा भारु ८०० (नेरु १२८०) र सरकारी अस्पतालमा भारु ३२५(नेरु ५२०) पर्छ । यो लगाउनलाई भारतीय सरकारी वेबसाइटबाट पनि आवेदन दिन मिल्छ । यो भ्याक्सिनको दुई डोज २८ दिनको अन्तरालमा लिनुपर्छ ।

इन्कोभ्याकले आनुवंशिक कोडको वाहकको रूपमा एडेनोभाइरस प्रयोग गर्दछ जसले शरीरलाई सङ्क्रमणसँग कसरी लड्ने भनेर सिकाउँछ ।
भारत बायोटेकका अध्यक्ष डा. कृष्ण एल्लाले यो भ्याक्सिन दिन सिरिन्ज या खोप नचाहिने भएकाले सहज र यसको कारण राम्रो प्रतिरोधात्मक शक्ति बढेकाले खोपबाट दिइने भ्याक्सिनभन्दा प्रभावकारी भएको बताए । भारतका ७० प्रतिशतले कोभिडविरुद्ध दुई डोज खोप लगाइसकेका छन् ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ