२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वडाक्टरको सल्लाहबिना २५ वर्ष सिटामोल खाएपछि अस्पताल भर्ना

डाक्टरको सल्लाहबिना २५ वर्ष सिटामोल खाएपछि अस्पताल भर्ना


केही मानिसहरु डा्रक्टर कहाँ नगई आफैँ औषधि खाने गर्छन् । त्यसमा पनि विशेषतः पारासिटामोल चिकित्सकको सल्लाहबिनै लिइने गरिन्छ । यो चक्की दुखाइ, ज्वरो, दाँतको दुखाइ, टाउको दुखाइ, रुघा तथा ज्वरोको उपचारको लागि प्रयोग गरिन्छ ।

जापानको एक ७७ वर्षका वृद्धले लगातार २५ वर्ष पारासिटामोलको सेवन गरेका छन् । आफ्नो टाउकोको दुखाइका लागि उक्त औषधि लिइरहेको उनी त्यसकै लत लागेपछि ओभरडोजका कारण अस्पताल भर्ना भएका छन् । उनलाई निमोनिया भएको छ ।

पारासिटामोल एक सुरक्षित औषधि हो तर यसलाई लगातार रुपमा ३ दिनभन्दा बढी खानुहुँदैन । जुलाई २०२१ मा थकान र सुख्खा खोकी भएपछि उक्त बिरामी अस्पतालमा गएका थिए । उनी त्यसबाट नै गत ५ वर्षदेखि संक्रमित थिए । जर्नल अफ मेडिकल केस रिपोर्टमा डाक्टरहरुले पेनकिलर नखान भन्दै एन्टीबायोटिक लिन सुझाएका थिए र त्यो दिएका थिए ।

निमोनिया ब्याक्टेरिया र भाइरसका कारण फोक्सोमा हुने गर्दछ । यो कुनै पनि उमेरसमुहका मानिसलाई लाग्न सक्छ । विशेषतः वृद्ध र बच्चामा यो धेरै लाग्ने गर्दछ ।

उक्त वृद्धलाई एन्टीबायोटिक दिएपछि उनको समस्या कम भएको थियो तर फेरी २०२२ को जनावरीमा रुघा लागेपछि उनले पुनः पेनकिलर लिन थाले । त्यसको एक महिनापछि उनी जटिल निमोनिया लिएर अस्पताल पुगे । उनको खोकी झनै भयानक भएको थियो । त्यसै बेलाको उपचारमा डाक्टरले उक्त वृद्धलाई पारासिटामोलका कारण निमोनिया भएका पत्ता लगाए ।

त्यसपछि उनलाई उनको अवस्थामा सुधार नभइन्जेल औषधि नलिन सुझाव दिइयो । यद्यपि पारासिटामोलको ओभरडोजका कारण उनको फोक्सोको क्षमता पूर्ण रुपमा राम्रो हुन सकेन साथै उनको मुटुको अवस्थामा निको नहुने रोग पनि लाग्यो ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ