गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री ढकालद्वारा सेती प्रादेशिक अस्पतालको निरिक्षण स्वास्थ्यमन्त्री ढकालद्वारा सेती प्रादेशिक अस्पतालको निरिक्षण पदमराज भट्ट मंगलवार, २०७६ फागुन २० गते, १०:३७ मा प्रकाशित धनगढी—कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेशको सबै भन्दा पूरानो अस्पताल सेती प्रादेशिक अस्पतालको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निरिक्षण गरेका छन् । सोमबार अस्पताल पुगेका स्वास्थ्यमन्त्री ढकाल अस्पतालको निरिक्षण पश्चात अस्पतालको व्यवस्थापनलाई निर्देशन दिंदै अस्पताललाई सुविधासम्पन्न उच्च तहको अस्पताल बनाउने घोषणा गरे । अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिंदै अब शैय्याको आधारमा नभएर तहकोे आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिए । मन्त्री ढकालले अस्पतालको विकासका लागि सहयोग गर्न आफू र मन्त्रालय प्रतिबद्ध रहेको बताए । अस्पतालमा देखिएका कमी—कमजोरीलाई तत्काल सुधार गरेर जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्री ढकालले अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ