२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिमका अस्पतालका लागि ६४ जना डाक्टरसहित एक सय ४१ कर्मचारी माग

सुदूरपश्चिमका अस्पतालका लागि ६४ जना डाक्टरसहित एक सय ४१ कर्मचारी माग


धनगढी—सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न तहमा एक सय ४१ कर्मचारी माग गरेका छ ।

प्रदेश मातहतमा रहेका अस्पताल र स्वास्थ्य कार्यालयहरुका लागि ६४ जना डाक्टरसहित एक सय ४१ जना कर्मचारी माग गरिएको हो ।
स्वास्थ्य निर्देशनालयले बुधबार मात्रै २१ दिने सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको जनाएको छ । स्वास्थ्य निर्देशनालयले आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई २१ दिनभित्रै आवेदन दिन आग्रह गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका अस्पतालहरुमा चिकित्सक नभएकै कारण बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ । चिकित्सकको संख्या न्यून भएपनि अस्पतालमा बिरामीको चाप भने धेरै छ । करारमा कर्मचारी थप भएपछि स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ