गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, १६:५५ मा प्रकाशित वीरेन्द्रनगर—विश्वमा महामारीको रुप लिइरहेको कोभिड—१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड तयार गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीकी निर्देशक रिता भण्डारी जोशीले कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड राखिएको भन्दै सम्भावित जोखिमप्रति सजग रहेको बताइन् । उनले कर्णालीमा कोभिड—१९ ले लिन सक्ने आकारको अनुमान गरी सयंमता अपनाउनुपर्नेमा पनि जोड दिइन् । सुर्खेतको वीरेन्द्रनगरमा जनस्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा उनले अहिलेसम्म आत्तिनुपर्ने अवस्था नदेखिएपनि हरेक नागरिकले सयंमता अपनाउनुपर्नेमा जोड दिइन् । खोकी, ज्वरोलगायतबाट संक्रमित भएको व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने, धेरै जम्मा हुने ठाउँमा नजान उनको सुझाव थियो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले सुर्खेतको बबई, सुर्खेत एयरपोर्ट र पश्चिमको कुइनेमा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण गरिरहेको जानकारी दिए । चीनसँग सीमा जोडिएको हिल्सा नाकामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा हेल्थ डेक्स स्थापना गरी सकिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च मनोबल कमजोर बनाउने गरी ल्याएको प्रतिवेदन कार्यान्वयन हुँदैनः मन्त्री भण्डारी हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी ७ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी एरा इन्टरनेशनल अस्पताल हाँकिरहेकी ३५ वर्षीया डा. सुरक्षा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी एरा इन्टरनेशनल अस्पताल हाँकिरहेकी ३५ वर्षीया डा. सुरक्षा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन