२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाका २ युवामा कोभिड संक्रमण नभएको पुष्टि

धनुषाका २ युवामा कोभिड संक्रमण नभएको पुष्टि


जनकपुरधाम – कोरोना भाइरसकाे आशंका रहेका धनुषाको जनकनन्दनी गाउँपालिका, जुरी महुुवाका २ युवामा कोरोना भाइरस नरहेकाे पुष्टि भएकाे छ ।

बिहारको मधुबनी जिल्लाको जयनगरस्थित सदर अस्पतालमा गरिएको चेकजाँचको क्रममा ती दुवै जना युवामा कोरोनाभाइरसको संक्रमण नभएको सदर अस्पतालले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको हो।

रोजगारीको क्रममा भारतको अहमदाबादबाट फर्किदै गरेका दुवै युवालाई जयनगरमा कोरोनाभाइरसको आंशकामा अस्पताल भर्ना गरि चेकजाँच गरिएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ