गृहपृष्ठ ∕ प्रदेश खबर ∕ लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १३:५५ मा प्रकाशित कञ्चनपुर – डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने भएको छ । जिल्लाका ७ वटा नगरपालिकामा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको हो । जिल्लाका शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गरिने तयारी गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जनाकारी दिए । उहाँका अनुसार लार्भा नियन्त्रण गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोली खटाईनेछ । अभियानका क्रममा स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी दिइने जनाइएको छ । लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने्, पानी जम्ने खाल्डाखुल्डी आदी डेङ्गु लाग्नबाट बच्ने उपाय डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, सुत्नेबेला झुलभित्रमात्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्छ डेङ्गुका लक्षणहरु एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने क्याटेगोरी : प्रदेश खबर, समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९