गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तिलोत्तमास्थित क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ तिलोत्तमास्थित क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ बीपी गौतम मंगलबार, २०७७ वैशाख १६ गते, १७:२८ मा प्रकाशित बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा सोमबार रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिएका हुन् । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो । क्वारेन्टाइनमा भारतबाट लुकिछिपी आएकासहित भारतको क्वारेन्टाइनमा बसेर आएकाहरु थिए । भारतको नौतनहवा स्थित क्वारेन्टाइनमा बसेका १० जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय शंकरनगर क्वारेन्टाइनमा पठाएको थियो । नतिजा नेगेटिभ आएसँगै क्वारेन्टाइनमा रहेका १९ जनालाई मंगलबार घर पठाइएको छ । जिल्ला प्रशासनले पठाएका दश जना विभिन्न जिल्लाका रहेकोले प्रशासनले व्यवस्था नगरेसम्मका लागि क्वारेन्टाइनमैं रहने भएका छन् । यीहरुसँगै हाल मंगलबार थपिएका दुई जनासमेत क्वारेन्टाइनमा रहेको सिनियर अहेव अधिकृत गौतमले जानकारी दिए । शंकरनगर क्वारेन्टाइनमा हालसम्म ८५ जना बसेर तोकिएको समय पूरा गरेपछि फर्किएका छन् भने झण्डै २ सय जनालाई होमक्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले भारतलगायत तेस्रो मुलुक र नेपालका कोरोना संक्रमित क्षेत्रबाट नगरपालिकामा आउनेहरुको नियमित जानकारी लिने गरेको छ । यसरी आउनेहरु शंकास्पद भएमा क्वारेन्टाइनमा राखिने नगरपालिकाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु