२०८३ असोज १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा

गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा


बुटवल—गुल्मीमा पहिलो पटक कोभिड—१९ पोजेटिभ देखिएका ४१ वर्षीय पुरुषको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत ती पुरुष जन्डिसको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उनको अवस्था गम्भीर भएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । कोभिड—१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिए ।

उनकाअनुसार बुधबार उनको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको हो । भट्टराईकाअनुसार बिरामीको अवस्था क्रिटिकल भएपछि परिवारले घर लैजान खोजेका थिए ।

तर, अस्पतालले कोभिड—१९ को आशंका गरेपछि उनको स्वाब परीक्षणका लागि भैरहवा पठाएको थियो ।

उनको उपचारमा सहयोग गरिरहेका एक छिमेकीकाअनुसार जण्डिस देखिएर १ जेठमा उनी अस्पताल भर्ना भएका हुन् ।

‘उहाँको स्वास्थ्य अवस्था गम्भीर नै छ,’ ती छिमेकीले भने, ‘आज कोरोना पोजेटिभ देखिएको छ । तर, उहाँ सिधैं गुल्मीबाट आउनुभएको हो । कसरी कोरोना भयो हामी पनि छक्क परेका छौं ।’ उनी गुल्मीको एक स्थानीय विद्यालयका शिक्षक हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ