२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशगुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा

गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा


बुटवल—गुल्मीमा पहिलो पटक कोभिड—१९ पोजेटिभ देखिएका ४१ वर्षीय पुरुषको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत ती पुरुष जन्डिसको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उनको अवस्था गम्भीर भएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । कोभिड—१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिए ।

उनकाअनुसार बुधबार उनको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको हो । भट्टराईकाअनुसार बिरामीको अवस्था क्रिटिकल भएपछि परिवारले घर लैजान खोजेका थिए ।

तर, अस्पतालले कोभिड—१९ को आशंका गरेपछि उनको स्वाब परीक्षणका लागि भैरहवा पठाएको थियो ।

उनको उपचारमा सहयोग गरिरहेका एक छिमेकीकाअनुसार जण्डिस देखिएर १ जेठमा उनी अस्पताल भर्ना भएका हुन् ।

‘उहाँको स्वास्थ्य अवस्था गम्भीर नै छ,’ ती छिमेकीले भने, ‘आज कोरोना पोजेटिभ देखिएको छ । तर, उहाँ सिधैं गुल्मीबाट आउनुभएको हो । कसरी कोरोना भयो हामी पनि छक्क परेका छौं ।’ उनी गुल्मीको एक स्थानीय विद्यालयका शिक्षक हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ