२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव

नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव


बुटवल – तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठाएको छ । गुल्मी मदानेका कोरोना संक्रमितको शव झण्डै ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको हो ।

गएको बिहीबार बिहान निधन भएका ४१ वर्षीय संक्रमितको दोस्रो दिनसम्म पनि शव सरकारले व्यवस्थापन नगरेको भन्दै आलोचना भएको थियो । उक्त शव ३१ घण्टापछि सेनाले कार्यविधिअनुसार काम गरेको हो ।

उनको निधन लगत्तै शवको व्यवस्थापन नभएपछि मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । तर सेनाको टोली आएर शव व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेको बताइएको छ । संघीय सरकारले बनाएको कोभिड–१९ शव व्यवस्थापन कार्य्विधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने बताइए पनि त्यसको बारेमा जानकारी स्थानीय प्रशासनले दिएको छैन ।

जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्म परेपछि उनको दोस्रो पटक पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ