गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोरोना जितेर फर्किए बुटवलबाट १० जना कोरोना जितेर फर्किए बुटवलबाट १० जना हेल्थ आवाज आईतबार, २०७७ जेठ ११ गते, ११:१९ मा प्रकाशित बुटवल—बुटवल कोरोना अस्पतालमा उपचाररत १० जना निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिए । कोरोना संक्रमण बढी देखिएको प्रदेश ५ मा निको हुनेको संख्या पनि बढ्दै गएको हो । यसअघि शुक्रबार बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोनो जितेर घर फर्किएका थिए । बुटवलबाट शनिबार साँझ घर फर्किएकाहरु सबै कपिलवस्तुका हुुन् । प्रदेश नं. ५ मा कपिलबस्तु र बाँके कोरोनाको ‘हट स्पट’ बनेका छन् । प्रदेश ५ मा आइसोलेसन अस्पतालमा बेडको संख्या कम हुँदा संक्रमितलाई व्यवस्थित गर्न गाह्रो बन्दै गएको छ । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । प्रदेश पाँचको कोरोना संक्रमितको संख्या २ सय ७१ छ । जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए । धागो कारखानामा २ सय बेड थप गरिदैछ । त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेसन सेन्टर बनाइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले