२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको तेश्रो परीक्षणमा पनि ‘पोजेटिभ’

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको तेश्रो परीक्षणमा पनि ‘पोजेटिभ’


ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमा तेश्रोपटकको रिपोर्टमा पनि कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रपतिको संच्रार मन्त्रालयका अनुसार पछिल्लो पटक २१ जुलाईमा उनको कोरोना परीक्षण गरिएको थियो ।

७ जुलाइमा कोरोनाको लक्षणपाइएको उनको १४ जुलाइमा भएको परीक्षणमा उनमा कोरोना देखिएको थियो ।  उनको स्वास्थ्य अवस्था भने हाल सामान्य रहेको छ ।

अमेरिका पछि ब्राजिल सबैभन्दा बढी कोरोना प्रभावित देश हो । जहाँ संक्रमितको संख्या २१ लाख ७८ हजार १ सय ५९ पुगेको छ भने मृत्यु हुनेको संख्या ८१ हजार भन्दा बढी छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ