२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ बिरामीको मृत्युपछि नवजीवन अस्पताल तोडफोड, चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

बिरामीको मृत्युपछि नवजीवन अस्पताल तोडफोड, चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप


जनकपुर—बिरामीको मृत्युपछि जनकपुरस्थित नवजीवन अस्पतालमा तोडफो भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ की अन्दाजी ३५ वर्षीय रुक्मणि सदाको गएराति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रुक्मणि मृत्यु भएपछि आक्रोशित आफन्तले नवजीवन हस्पिटलमा तोडफोड गरेका छन् । स्थिती तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ ।

बिरामीका आफन्तले नवजीवन हस्पिटलमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । मृतक महिलाको पत्थरीको अप्रेशन गर्दा डाक्टरले लापरवाही गरेकाले उनको मृत्यु भएको उनीहरुको आरोप छ ।

महिलाको पथरीको अप्रेशन गर्दा पटक—पटक गरेर ४ पोका रगत शरीरमा चढाएको र ६० हजार रुपैयाँ अस्पतालले लिएपनि बिरामीलाई मारेको आफन्तले आरोप लगाएका छन् ।

उनीहरुले मृतकको शव हस्पिटलबाट आफन्तले बुझ्न मानेका छैनन् । पीडित परिवारले डाक्टरलाई कारवाही र क्षतिपूर्ति माग गरेका छन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ