२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड अपडेट : आवश्यक ‘पीपीई’ नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी 

कोभिड अपडेट : आवश्यक ‘पीपीई’ नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी 


लन्डन – बेलायतमा कोरोनाभाइरस विरुद्ध लडाईमा नेतृत्व गरिरहेका डाक्टरहरूले बेलायत सरकारले पर्याप्त सुरक्षा उपकरणहरू चाँडै उपलब्ध नगराएमा काम छोड्ने चेतावनी दिएका छन्

बेलायतमा कोरोनाको प्रकोप बढ्दै जाँदा ८ हजार ७७ मानिस संक्रमित भएका छन भने ४ सय २२ को मृत्यु भईसकेको छ । यस्तो अवस्थामा सुरक्षाको उपकरणको राष्ट्रव्यापी  अभावका कारण डाक्टरहरू आफ्नो स्वास्थ्यलाई नै जोखिममा पुर्‍याउन बाध्य छन् ।

व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई)मा मास्क र गाउन जस्ता सामाग्रीले चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूबीच भाइरसको प्रसारण रोक्न मद्दत गर्न सक्छ।

यसै सन्दर्भमा बोल्दै डाक्टर एसोसिएसन युकेका अध्यक्ष डा. रिनेश परमारले भने, “यो महामारी लामो समयसम्म चल्नेछ, यदि डाक्टरहरूले व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको व्यापक अभाव रहेको महसुस गरेका छन्। उनीहरूले आफ्नो माया गर्ने पेशा छोड्नुपर्ने हुन्छ। विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको पीपीई नपाएको कारण उनीहरु एक्लो महसुस गरिरहेका छन् ।’

“यो अवस्था शोकको हो, सरकारले फ्रन्टलाइन स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु आवश्यक छ र यसको बदलामा उनीहरूले आफ्नो १००% दिनेछन्। तर सरकारले ‘एनएचएस’का कर्मचारीसँग मोलतोलको पक्ष लिन सकेको छैन र सुरक्षाको लागि पर्याप्त पीपीई डाक्टर र नर्सहरूको स्वास्थ्यको लागि उपलब्ध भएका छैनन्।” उनले थपे ।

नर्स,  प्यारामेडिक्स, स्वास्थ्यकर्मीहरुको प्रतिनिधित्व गर्ने संस्थाहरूले पनि केहि साता देखि  सुरक्षा उपकरणको अभावका कारण चिन्ताजनक अवस्था भएको गुनासो गरेका छन् ।

डाक्टर एसोसिएसन,  लबी समूहले गत हप्ता चेतावनी दिंदै भने, ‘एनएचएसला कर्मचारीहरु “वधको लागि राखिएको भेडा जस्तै लाग्छ” र सुरक्षा उपकरणको अभावले बिरामीहरुको जीवनलाई पनि खतरामा पारेको छ।’

-एजेन्सी

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ