२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध

यी ५ कम्पनीको ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागको अनुरोध


काठमाडौं– औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकामा सञ्चालित ५ कम्पनीले उत्पादन गरेका ह्यान्ड सेटिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । ती कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन (मेथानोल) प्रयोग गरेका पाइएकाले प्रयोग नगर्न अनुरोध गरेको हो ।

विभागले जारी गरेको सूचनामा भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रा.लि., आधार केमिकल एन्ड फुड इन्डष्ट्री प्रा.लि., सर्च केम कम हर्बल प्रोडक्ट र सुर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गरेका ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न भनिएको छ ।
जसमा नेपाल कायाकल्पले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर, हाइजिन सोपले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर ओर्जिनल, आधार केमिकल्सले एडभान्स ह्यान्ड सेनिटाइजर, सर्च केमले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर रिफ्रेसिङ जेल, सुर्यमुखीले सुर्यमुखी हुयान्ड सेनिटाइजर नामको ह्यान्ड सेनिटाइजर उत्पादन गर्र्दै आएको छ ।

यी कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड ‘इन्स्टान्ट ह्यान्ड सेनिटाइटर (अल्कोहल बेस्ड)’ सम्बन्धि स्तर २०७६ विपतरि विषाक्त रसायन (मिथानोल) समावेश भएको पुष्टि भएको थियो । जसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने विभागले जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल विषाक्त रसायन प्रयोग गरी ह्यान्ड सेनिटाइजर उत्पादन गर्ने कम्पनीलाई थप अनुसन्धान गरेर कारवाही गरिने बताउँछन् । ‘अहिले उद्योग थाहा पाइयो तर यसका सञ्चालक पत्ता लागेको छैन,’ उनी भन्छन्, ‘यी कम्पनी हामीकहाँ दर्ता पनि भएका छैनन् त्यसैले अनुसन्धान गरेर कानून अनुसार कारवाही गरिनेछ ।’

 


क्याटेगोरी : समाचार
ट्याग : #औषधि व्यवस्था विभाग, #ह्यान्ड सेनिटाइजर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ